सगरमाथाको नया उचाई ८८४८.८६ मिटर सार्बजनिक – Satabdi News

सगरमाथाको नया उचाई ८८४८.८६ मिटर सार्बजनिक

मंसिर २३, काठमाडौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक भएको छ ।मंगलबार नापी बिभागमा भएकाे विशेष कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको घोषणा गरे ।

साेही समयमा चीन पक्षबाट पनि नयाँ उचाई सार्वजनिक भएकाे छ । यस अघि सगरमाथाको उचाई ८ हजार ८४८ मिटर रहेको थियो ।

नेपालका नापी विभागका दुई अधिकारी समेतकाे टोलीले सन् २०१९ मा सगरमाथा चुचुराेमा पुगेर उचाई मापन गरेकाे थियाे ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई मंसिर १० गते बसेको मन्त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सगरमाथाको नया उचाई ८८४८.८६ मिटर सार्बजनिक" A few seconds ago

सम्बन्धित खवर