खोर्सानेका युवाहरुद्वारा मगर परिवारलाई सहयोग – Satabdi News

खोर्सानेका युवाहरुद्वारा मगर परिवारलाई सहयोग

बेलबारी । बेलबारी वडा १ नक्सलबारी स्थिति एक असहाय मगर परिवारलाई विभिन्न ठाउँ बाट प्राप्त हुन थालेको छ ।

८४ बर्षिय टेक बहादुर पुलामी मगर र उनका श्रमती चन्द्र माया पुलामी मगर बिगत १७ बर्ष देखि नक्सलबारी जंगल नजिक चरम गरिबि र अभावमा बाच्दै आएका मगर दाम्पतीलाई खोर्सानेका केही युवा व्यवसायीहरुले लत्ता कपडा सहित खाध्ययन सामान प्रदान गरेका हुन ।

चरम आर्थिक अभावले कष्टकर जीवन बिताउदै आएका मगर दाम्पतीको बिहान बेलुकाको छाका टार्न मात्र हैन बस्नलाई भरपर्दो ठाउँ समेत छैन । एउटा सानो टिनको बेरामा मगर दाम्पती बस्दै आएका छन । आफ्ना सबै सन्तानको मृत्यु भएकाले मगर दाम्पती बेसहारा अवस्थामा आफ्नो जीवन निर्वाह गर्दै आएका छन । बिगत १४ बर्ष देखि चन्द्र मायाको दुवै खुट्टा पुर्ण रुपमा नचल्ने भएकाले उनका श्रीमानले रेखदेख गर्दै आएका छन छन ।

मगर दाम्पतीको अवस्थाको बारेमा जानकारी पाए पछि केही सहयोग गर्न पर्छ भन्ने लागेकाले साथीभाइ संग छलफल र सहकार्य गरेर सयुक्त रुपमा सहयोग गर्न आएको साहन राईले जनाए ।राईले जाडो याममा चिसोका कारण वृद्ध वृद्वालाई अलिक समस्या हुने गरेकाले आफुहरुले कपडा बितरण गरेको बताए ।

मगर परिवारलाई टोपि, सुइटर, मोजा, जुत्ता, गलपन जस्ता न्यानो कपडाका साथै चामल, साबुन प्रदान गरिएको हो ।

डिगेन्द्र लिम्बू , साहान राई , सरोज राई , चन्द्र मगर ,राकेश राई , अधि राई , सोमराज गिरि ,मिलन तामाङ, तेज घोन्डे लगायतको युवा टोलिले सयुक्त रुपमा सहयोग उपलब्ध गराएका हुन ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा १ अध्यक्ष चक्र खुलाल, सामाजिक अभियान्ता रोमन वाम्बुले राई , ऋषि राई , निरेश नेवार, किरन बिसुङ्खे , लोके राई लगायतको उपस्थिति रहेको थियो ।

युवाहरु यस्ता सामाजिक कार्यमा लागेको देख्दा आफूलाई अत्यन्त खुशी लाग्नुका साथै अबको सामाजिक बिकासको अभिभारा युवाहरुको काधमा रहेको चक्र खुलालले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "खोर्सानेका युवाहरुद्वारा मगर परिवारलाई सहयोग" A few seconds ago

सम्बन्धित खवर