विद्यार्थी आफूलाई पायक पर्ने ठाउँबाट परीक्षा दिन पाउने – Satabdi News

विद्यार्थी आफूलाई पायक पर्ने ठाउँबाट परीक्षा दिन पाउने

कार्तिक २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रबाटै परीक्षा दिने व्यवस्था गरेको छ । लक डाउनका बेला हुन नसकेका परीक्षा अब हुँदैछ । सोही परीक्षा अब विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षा केन्द्रबाट दिन पाउने व्यवस्था मिलाइएको हो । विद्यार्थी जहाँ छन्, त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौं आउनुपर्ने बाध्यता हुनेछैन ।

त्रिविका रजिस्ट्रार डाक्टर पेशल दाहालले कोभिड–१९ का कारण विद्यार्थीलाई सहज बनाउन पायक पर्ने केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए । यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेबसाइटमा गएर विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउनेछन् । त्यही परीक्षा केन्द्रबाट परीक्षा दिने छन् ।

त्रिविले यही मंसिर दोस्रो हप्तादेखि स्थगित भएका सबै तहको परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । ’हामीले परीक्षा केन्द्र तोकेका छौँ । अनलाइनमा आफूलाई नजिक पर्ने परीक्षा केन्द्र रोजेर परीक्षार्थीले परीक्षा दिने व्यवस्था गरेका छौँ’, उनले भने, ’परीक्षा दिनका लागि अब काठमाडौं आउनुपर्दैन । प्रवेशपत्र पनि अनलाइनबाट विद्यार्थी आफैंले प्रिन्ट गरेर लिन सक्ने व्यवस्था गरिएको उनले बताए ।

कोभिड–१९ कारण गएको चैत ७ गतेदेखि त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित भएको थियो । अत्यन्तै न्यून विद्यार्थी भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ । रजिस्ट्रार डा. दाहालले एक–दुई दिनभित्रमा सबै परीक्षाको कार्यतालिका प्रकाशन गरिने बताए । त्रिविको वार्षिक परीक्षा परीक्षा नियन्त्रण कार्यायल र सेमेस्टर परीक्षा डिन कार्यालयले लिने छन् ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विद्यार्थी आफूलाई पायक पर्ने ठाउँबाट परीक्षा दि..." A few seconds ago

सम्बन्धित खवर