खोटाङ जिल्लामा ४९ जना जसपामा प्रवेश – Satabdi News

खोटाङ जिल्लामा ४९ जना जसपामा प्रवेश

असोज २१, खोटाङ । खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकमा जनता समाजवादी पार्टीमा कमल गुरुङको अध्यक्षतामा ४७ सदस्य समिति रूपान्तर भएको छ ।

रुपान्तरण कार्यक्रमकै अवसरमा जसपाको पालिका कार्यालयको पार्टीको केन्द्रिय सदस्य तथा प्रदेश सचिव सुर्य राईले उद्घाटन गर्नु भएको छ । रुपान्तरण कार्यक्रममा नेकपा लगाएत विभिन्न पार्टी परित्याग गरि ढकम राई र सुवास राईको नेतृत्वमा ४९ जनाले जनता समाजबादी पार्टी प्रवेश गरेका छ्न ।

कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश सचिव सुर्य राई, प्रदेश सदस्य मोहन गुरुङ, जिल्ला अध्यक्ष टंक थापा, जिल्ला सचिव जिबराज पोखरेल, विद्यार्थी केन्द्रिय सदस्य रबिन खम्बु, ऐसेलुखर्क गाँउपालिका समिति अध्यक्ष किशोर राई, युवा जिल्ला उपाध्यक्ष देवन राई, विद्यार्थी जिल्ला अध्यक्ष रोशन राईको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "खोटाङ जिल्लामा ४९ जना जसपामा प्रवेश" A few seconds ago

सम्बन्धित खवर