सम्झना वि.क.को हत्याको विरोधमा कीर्तिपुरमा युवा विद्यार्थी आन्दोलित – Satabdi News

सम्झना वि.क.को हत्याको विरोधमा कीर्तिपुरमा युवा विद्यार्थी आन्दोलित

असोज १०, किर्तीपुर । बझाङ जिल्ला मस्टा गाउपालीका वडा न. २ निवासी १२ वर्षीय बालिका सम्झना विकको बलात्कार पछि हत्या गरिएको विषयलाई लिएर आज काठमाडौंको कीर्तिपुर स्थित लोकतान्त्रिक चोकमा विभिन्न क्षेत्र तथा संगठनमा आवद्व युवा तथा विद्यार्थीहरुले आन्दोलन गरेका छन।

बलात्कार पछि हत्या गरिएको सम्झना वि.कलाई न्यायको माग गर्दै उक्त सभा आयोजना गरिएको विद्यार्थी नेता रामलाल राजवंशी विकेले बताए । बलात्कारी तथा हत्यारालाई कडा कार्वाहीको माग गर्दै युवा विद्यार्थी हरु स्वत: स्फुर्त सडकमा आएका थिए । संविधान संशोधन गरि बलात्कारलाई कडा कानुन बनाई राज्यले एक्सन लिन पर्ने सहभागीहरुको भनाई छ । पुरुषवादी चिन्तन, पितृसत्तात्मक सोच र जातीय अहंकारले बलात्कार जस्ता घटना घट्ने गरेको । निर्मला पन्त, माया वि.क का हत्यारालाई राज्यले कार्वाही गर्न नसक्दा को परिणाम आज सम्झना वि.कले भोगेको कार्यक्रमका संयोजक रवि सेन्चुरीकोले भने ।

सम्झना वि.क.को हत्यारालाई कडा कार्वाही नगरे सम्म आन्दोलन जारी राख्ने पनि सेन्चुरीको भनाई छ । युवा विद्यार्थीले सम्झना लाई न्याय दे ! बलात्कारी लाई कडा कार्वाहीको लागि नयाँ कानुन जारी गर ! लैङगिक हिंसा अन्त्य गर ! सबै खाले विभेद को अन्त्य गर ! जस्ता नारा लेखिएका प्लेकार्ड सहित सहभागी हरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सम्झना वि.क.को हत्याको विरोधमा कीर्तिपुरमा युवा..." A few seconds ago

सम्बन्धित खवर