असोज १ भोजपुर । भोजपुरको अरुण गाउपालिकामा जनता समाजवादी पार्टी नेपालमा दुई दर्जन बढि युवाहरु पार्टी प्रवेश गरेका छन् । पार्टीका सङ्घिय परिषद सदस्य मणिराज राई सहित गाउपालिका अध्यक्ष राज कुमार राई उपाध्यक्ष रियाच तामङले नवप्रवेशि युवाहरुलाई अविर र खदा लगाएर स्वागत गरेका थिए ।
गाउपालिकाको सदरमुकाम प्याउलिमा बिहीबार पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो । नवप्रवेशि युवाहरु नेकपा र नेका सम्बद्द युवा सङ्गठनमा काम गर्दै आएको अध्यक्ष राईले वताएका छन् ।
हिमाल थापाको नेतृत्वमा २५ जना युवा पार्टी प्रवेश गरेको गापा सचिव बिपन खिम्बुलेले बताएका छन् । प्रवेश गर्नेहरुमा हिमाल थापा, ईश्वर मगर, सुमन थापा, प्रेम मगर, निराजन तामाङ प्रेम मगर, खिलक लुङ्गेलि, मदन मगर, गजेन्द्र लुङ्गेलि, पुस्पक रैकर, भुपेन्द्र मगर, प्रविन मगर, खिलक मगर, केदार श्रेष्ठ, दिनेश मगर, दिपक मगर, दिपक मगर, राजन मगर, पवन मगर, लिलक थापा, धनेश राई, सृजन घिमिरे रहेका छन् ।
नव प्रवेशि युवाहरुलाई पार्टिका पुर्व जिल्ला अध्यक्ष मणिराज राईले सपथग्रहण गराएका थिए भने पार्टीका बिचार सिद्धान्त र निति कार्यक्रमका बारेमा समेत प्रस्टाएका थिए ।
नव प्रवेशि नेताहरुले अवको राजनीतिक बिकल्प जनता समाजवादि पार्टि नै भएको हुदा आफुहरुले पार्टि प्रवेश गरेको वताएका थिए । नव प्रवेशि नेता हिमाल थापाले जसपाको राजनीतिक बिचार दृष्टिकोण नेपालको माटो सुहाउदिलो र सामाजिक अन्तर विरोधलाई सम्बोधन गरि आर्थिक समृद्धि दिन सक्ने भएको हुदा पुराना दल परित्याग गरेको जिकिर गरेको कुरा समाजबादी विद्यार्थी युनियनको नेता झिल खिम्बुलेले बताए ।