संयुक्त युवा संन्जालद्दारा महोत्तरीमा सरसफाई कार्यक्रम – Satabdi News

संयुक्त युवा संन्जालद्दारा महोत्तरीमा सरसफाई कार्यक्रम

भाद्र १३ महोत्तरी । महोत्तरी युवा संजाल र बन्चौरी युवा समाजद्दारा बलवा नगरपालिका वडा नम्बर १ बन्चौरीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वर्षौ देखि सरसफाईमा ध्यान नदिएको बन्चौरी स्थित ब्रह्म्स्थानमा संयुक्त रुपमा भएको सरसफाई कार्यक्रमले सम्पुर्ण नगरबासीमा हर्षको माहोल रहेको स्थानियहरुले बताएका छन ।

महोत्तरी युवा संजालको यस कदमले बन्चौरीलाई सफा बनाउन लागी पर्ने अभिब्यक्ती महोत्तरी युवा संजाल, बन्चौरी कार्य समितीको संयोजक बृषेश महतोले शताब्दी न्युजलाई बताए । कार्यक्रममा सोही वडाको वडा अध्यक्ष श्याम शाहले युवाहरुको हरेक काममा काधमा काध मिलाएर अगाडि बढ्ने प्रतिबद्द्ता जनाउनु भएको थियो ।

महोत्तरी युवा संजालका अध्यक्ष चुडामणी यादबले कोरोनाको यस्तो विषम परिस्थितिमा आफू र आफू सम्बन्धित सबैलाई सुरक्षाको अनुभूति गराउदै सामाजिक बिकासको स्थिर हुन लागेको स्थितिलाई गति दिन लागिपरेको बताए । बन्चौरीमा आज गरिएको सरसफाई कार्यक्रमलाई हरेक शनिबार बन्चौरीको अन्य ठाउँमा पनि गर्दै जाने कुराको जानकारी बन्चौरी कार्यसमितिको सह-संयोजक खुशनन्दन ठाकुरले बताए ।

कार्यक्रममा रितेश रजक, ललित साह, दिपेन्द्र यादव, सन्जालका कार्यकारी सदस्य बलिराम महतो, महेश महतो, विद्यार्थी, बुद्धिजिबी, व्यापारी, र स्थानीय आदिको उपस्थितिमा सामाजिक दुरी कायम राख्दै भएको सन्जालका सचिब राजु कुमार महतोले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संयुक्त युवा संन्जालद्दारा महोत्तरीमा सरसफाई का..." A few seconds ago

सम्बन्धित खवर