भाद्र १२, बेलबारी । बेलबारी वाड नं ४ का २७ बर्षिय पुरुष बिरामी भएर बेलबारीको लालीगुरास एबुलेन्सबाट साझ ८ बजे उपचारको लागि बिराटनगरको बिराट नर्सिङ होममा उपचारको क्रममा ज्वारो आएको लक्षण थाहा पाउन साथ फर्काएका छन । नर्सिङ होमले फर्काएका बिरामी रातको समयमा बिराटनगरको विभिन्न अस्पतालमा भर्ना लिन नमानेको बिरामी पीडितले शताब्दी न्युजलाई बताएका छन ।
रातको समयमा बिराटनगरको कुनै पनि अस्पतालले भर्ना लिन नमानेको कारण बेलबारीको समाजसेवीलाई फोनमा सबै वास्तविक कुरा बताएपछि सोसफोर्सले कोशी अस्पतालमा रातको ११ बजे भर्ना लिएको बताए ।
आज बिहान सबै पिसिआर टेष्ट गरिसकेको, टाउको दुखेको सामान्य दबाईले आराम हुन्दै गएको बताए । समाचार तयार पर्दा सम्म पिसिआरको कोरोना नेक्टिभ आएको बिरामीको आफन्तले शताब्दी न्युजलाई बताएका छ्न ।