भाद्र १२, बेलबारी । बेलबारी नगरपालिकामा कोरोना संक्रमितबाट एक जना महिलाको मृत्यु भएको छ । वाड नं. ५ निवासी ५६ वर्षीय महिलाको धरान स्थित वी.पी अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको बेलबारी स्वास्थ्य प्रमुख सन्तोष बि.क.ले बताए । बेलाबारीमा कोरोना संक्रमणको कारणबाट मृत्यु हुने उनी पहिलो महिला हुन ।
मृतक महिलाको मिर्गौलाको समस्याको कारण उपचारको लागि शुक्रबार ५ गते मोरङ सहकारी अस्पताल, विराटनगर गएकी थिइन । मोरङ सहकारी अस्पतालबाट कोशी अस्पताल रिफर भएकी उनको पीसीआर परीक्षण रिर्पोट पोजेटिभ देखिए पछि उपचारको लागि वी.पीमा पठाइएको थियो ।