भाद्र ३, सुन्दरहरैचा । कोरोना भाईरसको संक्रमणबाट सिर्जना भएको विश्वमहामारीको प्रभावबाट सुन्दरहरैँचा नगरपालिका समेत अछुतो रहन सकेन । नगरवासिका अत्यावश्यक सेवालाई सूचारु गर्ने क्रममा अग्रभागमा रही कामकाज गर्नु जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको दायित्व अनि यो शताब्दिको लागि अवसर पनि हो । स्थानीय सरकारले यो बिषम परिस्थितिलाई सहज बनाउनका लागि बिगत ५ महिना बढि समयदेखी आम सर्वसाधारण नगरवासिका लागि राहत वितरण, क्वारेन्टिन व्यवस्थापन, नगरवासीहरुको स्वाव परिक्षण लगायतका अत्यावश्यकीय सेवाहरु ज्यान को कुनै प्रवाह नगरि गर्दै आएको व्यहोरा विधितै छ ।
नगरवासीका अत्यावश्यक सेवाका लागि अग्रभागमा रही काम गर्ने क्रममा यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोरोना पोजेटिभ देखिएपछि होम आईसोलेसनमा रहनु भएको छ भने वहाँको स्वास्थ्य अबस्था सामान्य रहेको छ । स्वास्थ्य सुरक्षा, विपद व्यवस्थापन तथा सरसफाईमा खटिने कर्मचारी बाहेकका सबै जनप्रतिनिधी र नगर कार्यपालिकाको कार्यालय अन्तर्गत रही कामकाज गर्ने सबै कर्मचारीहरुलाई होम क्वारेन्टिनमा बस्न भनिएको छ । आजका मिति सम्म यस नगरपालिका अन्तर्गत रही कामकाज गर्ने थप कुनै जनप्रतिनिधि साथीहरु र कर्मचारीहरुलाई कोरोना भाईरसको संक्रमण भएको छैन । यस विषम परिस्थितिको व्यवस्थापन गर्ने क्रममा यस कार्यालय र विपद व्यवस्थापनको अग्रभागमा रही कामकाज गर्ने जनप्रतिनिधी र कर्मचारीप्रति सामाजिक संजालमा गरिएका स्वास्थ्य सम्वन्धि अनर्गल प्रचार प्रति यस नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता अनर्गल प्रचारको पछि नलाग्न, सुरक्षित साथ घरमा रहन र विगत ५ दिन भित्र नगर कार्यपालिकाको कार्यालयमा आई सेवा लिनु भएको भए सुरक्षित साथ होम क्वारेन्टिनमा रहन हुन अनुरोध छ ।
रुघाखोकी ज्वरो आई कोरोना भाईरसको लक्षण देखिएमा आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न हुन साथै नगरपालिकाले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न हुन समेत आम नगरवासीहरुमा अनुरोध गरिन्छ । घरमै सुरक्षित साथ बसेर यो माहामारीलाई परास्त गरौ ।