बेलबारीमा १० सहित प्रदेश १ मा ८३ कोरोना पुष्टि – Satabdi News

बेलबारीमा १० सहित प्रदेश १ मा ८३ कोरोना पुष्टि

भाद्र ०१, मोरङ । प्रदेश नं १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएको छ । मोरङमा ४४ जना सहित ८३ जना कोरोना संक्रमित थपिएको प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाले जनाएको हो ।

मोरङका ४४ मध्ये २९ जना विराटनगर रहेको छ । बेलबारीमा ७ महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुढीगंगामा १ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला र ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी र रामधुनीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा आज २४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा १० सहित प्रदेश १ मा ८३ कोरोना पुष्टि" A few seconds ago

सम्बन्धित खवर