लेटाङमा अवैध उत्खननमा संलग्न तीन वटा ट्याक्टर नियन्त्रणमा – Satabdi News

लेटाङमा अवैध उत्खननमा संलग्न तीन वटा ट्याक्टर नियन्त्रणमा

श्रावण ३२, मोरङ । लेटाङ्ग नगरपालिका-९ तेली खोलामा अवैध रुपमा ढुङ्गा उठाउँदै गरेको तीन ट्याक्टर नियन्त्रणमा लिएको छ ।

को.२ त ७९२९, को.१ त ८५९३ र को.२ त ९३०१ नम्बरका तीन वटा ट्रयाक्टरलाई चालक सहित आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा उत्खनन गरी ढुङ्गा उठाउँदै गरेको अवस्थामा ट्याक्टरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ट्रयाक्टर तथा चालकलाई आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मान बहादुर राईले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लेटाङमा अवैध उत्खननमा संलग्न तीन वटा ट्याक्टर न..." A few seconds ago

सम्बन्धित खवर