नेपालकाे संविधान नश्लिय संविधान भएकाे अधिवक्ता लिम्बुकाे आराेप – Satabdi News

नेपालकाे संविधान नश्लिय संविधान भएकाे अधिवक्ता लिम्बुकाे आराेप

बेलबारी । २६ ओै विश्व आदिवासी दिवसकाे अवसरमा आदिवासी जनजाति युवा महासंघ, नेपाल, बेलबारी नगर समितिले प्रथा जनित कानुन विषयक सम्वाद कार्यक्रम सम्पन्न गरेकाे छ ।
आईतबार विश्व आदिवासी दिवसकाे अवसरमा प्रथा जनित कानुन विषयक भर्चुअल सम्वाद गरेकाे हाे । कार्यक्रमका प्रमुख वक्ता रहनु भएका नेपालका आदिवासी जनजातिहरुकाे मानवअधिकार सम्बन्धी वकिलहरुकाे समूह (लाहुर्निप) का सचिव शंकर लिम्बुले नेपालमा अहिले पनि आदिवासी समुदायकाे ठुलाे हिस्सा प्रथाजनित कानुनबाट प्रशासित रहेकाे बताउनुभयाे । थकाली, थारु, सन्थाल, नेवा: समुदायकाे प्रथाजनित कानुन शसक्त रहेकाे बताउदै राज्यकाे कानुनलाई समेत उनिहरुकाे प्रथाजनित कानुनले चुनाैति दिईरहेकाे बताउनुभयाे । प्रथा जनित कानुन भनेकाे अलिखित कानुन भएकाे बताउनु हुँदै यसलाई आदिवासी समुदायले हजाराै वर्ष देखि अभ्यास गरिरहेकाे बताउनुभयाे । उहाँले नेपालकाे संविधान नश्लिय संविधान भएकाे समेत बताउनुभयाे, याे संविधान परिवर्तन गरिनु पर्ने आवश्यकता समेत ओैल्याउनु भयाे ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका आदिवासी जनजाति युवा महासंघ, नेपाल, संघिय परिषदका अध्यक्ष जि.एस. गुरुङले संविधानमा उल्लेख भएकाे संरक्षित र स्वायत्त क्षेत्र निमार्ण गर्न सकिए प्रथाजनित कानुनकाे संरक्षण, राजनीति, आर्थिक क्षेत्रमा समेत आदिवासी समुदायकाे अधिकार स्थापना गर्न सकिने बताउनु भयाे । त्यसका लागि युवाहरुले संविधानले प्रदत गरेकाे अधिकार प्राप्तीका लागि लाग्नु पर्ने बताउनुभयाे । आदिवासी जनजाती युवा महासंघ, नगर समिति, बेलबारीका अध्यक्ष केशव थापामगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाति युवा महासंघ, नेपाल संघीय परिषदका अध्यक्ष जिएस गुरुङ, विशिष्ट अतिथि तथा प्रमुख वक्ता लाहुर्निपका सचिव अधिवक्ता शंकर लिम्बू, सामाजिक अनुसन्धान्ता डा. साेमबहादुर धिमाल, तमु छाेजाे धि विद्यार्थिका केन्द्रीय अध्यक्ष पुकार गुरुङ, आदिवासी जनजाति युवा महासंघ, नगर समिति बेलबारीका पुर्व अध्यक्ष टेकराज एक्चाई मगर, सामाजिक अभियन्ता जे.बी. थुलुङ लगायतकाे उपस्थिति रहेकाे थियाे । नगर समितिका उपाध्यक्ष अर्जुन कुलुङ राईले धन्यवाद मन्तव्य राख्नु भएकाे थियाे भने कार्यक्रम सन्चालन अजित धिमालले गर्नु भएकाे थियाे ।
नगरपालिकालाई ज्ञापन पत्र र माक्स प्रदान
त्यस्तै आदिवासी जनजाति युवा महासंघ, नेपाल नगर समिति बेलबारीले, बेलबारी नगरपालिकालाई ज्ञापन पत्र समेत प्रदान गरेकाे छ । काेभिड १९ (काेराेना भाईरस) का कारण विश्वमा फैलिएकाे महामारीलाई लक्षित गरि ध्यानाकर्षण गर्दै ज्ञापन पत्र प्रदान गरेकाे हाे । ज्ञापन पत्रमा लकडाउनका कारण कृतिम अभाव सृजना गरि कालोबजारी हुन नदिन प्रभावकारी अनुगमन गर्नु पर्ने, आईसोलेसन वार्डको अभाव हुन नदिन समय मै ध्यान दिनु पर्ने, आदिवासी जनजाति समुदायका अधिकांश व्यक्ति गरि खाने विपन्न, गरिब तथा मजदुर भएका कारण उनिहरुलाई राहतको उचित व्यवस्थापन गर्नु पर्ने, विपन्न तथा गरिब समुदायमा माक्स र सेनिटाइज निशुल्क वितरण तथा सचेतना गर्नु पर्ने, पिसिआर किटको व्यवस्था गर्नु पर्ने, नगरपालिकाबाट निशुल्क एम्बुलेन्सको व्यवस्था गरिनु पर्ने लगायतका बिषयमा ध्यानाकर्षण गराईएकाे छ । २६ ओै आदिवासी दिवसकाे नारा “स्वनिर्णित विकास तथा महामारीमा बाँच्ने र बचाउने पक्षमा” उभिएर ज्ञापन पत्र प्रदान गरिएकाे युवा महासंघ नगर समितिका उपाध्यक्ष अर्जुन कुुलुङ राईले जानकारी दिनुभयाे ।
साे अवसरमा बाेल्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले विश्व आदिवासी दिवसकाे शुभकामना व्यक्त गर्दै काेराेना महामारी न्युनिकरणका गर्न नगरपालिकाकाे तर्फबाट तयारिका साथ लागि रहेकाे बताउनु भयाे । विश्वभर फैलिएकाे माहामारी विरुद्ध एक भएर लाग्नु पर्ने आवश्यकता रहेकाे ओैल्याउदै आदिवासी जनजाति युवा महासंघ लगायतका संघ संस्थाहरुले समेत नगरपालिका सँग हात्तेमालाे गरेर अगाडि बढ्नु पर्ने बताउनुभयाे । साे अवसरमा युवा महासंघले नगरपालिकालाई १ हजार  वटा माक्स समेत प्रदान गरेकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालकाे संविधान नश्लिय संविधान भएकाे अधिवक्ता ..." A few seconds ago

सम्बन्धित खवर