श्रावण २४, बिराटनगर । अहिले नेपालमा कोरोनाले भयावह रुप लिईरहेको बेलामा मोरङ जिल्लाको विभिन्न भागमा पनि भयावह रुप लिन थालेको छ।
यो समाचार तयार गर्दासम्म बिराटनगर महानगरपालिकामा मात्र संक्रमितको संख्या २२३ पुगेको छ, भने मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसरी जिल्ला भित्र संक्रमितको संख्या वढन थाले पछि आइसोलेसन वेडको अभाव हुन थालेको कुरा बाहिरिन थालेको छ । सोही कुरालाई मध्यनजर गर्दै जनता समाजवादी पार्टी नेपालको विद्यार्थी नेता बिपुल झाले जिल्ला भित्र रहेको सबै ठुला अस्पताललाई आइसोलेसन सेन्टर बनाउन सुझाब दिएका छ्न ।
प्रदेश सरकारले समयमै बुद्धि पुर्याएर सबै स्थानीय तहसङ्ग समन्वय गरि उक्त छेत्रभित्र रहेको अस्पताल, नोबेल मेडिकल कलेज, मनमोहन प्रबिधी बिश्वबिद्धालय, बिराट मेडिकल कलेज जस्ता ठुला अस्पताललाई आइसोलेसनको लागि तयार पार्ने सुझाब दिएका छ्न ।