बेलबारीमा कोरोना संक्रमित संख्या ५ पुग्यौं – Satabdi News

बेलबारीमा कोरोना संक्रमित संख्या ५ पुग्यौं

श्रावण २२, बेलबारी । बेलबारी नगरपालिकामा थप एक जना कोरोना संक्रमित थपिए संगै संक्रमितको संख्या ५ पुगेको छ । संक्रमित हुने वडा नं. ३ का ३० बर्षिय पुरुष रहेको छ ।

धरान स्थित विपि स्वास्थ्य प्रतिष्ठानको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको ६ जना पुरुषको स्वाब परीक्षणमा ३० वर्षको एक जनालाई रिर्पाेट पोजेटिभ आएको बेलबारी स्वास्थ्य शाखा प्रमुख सन्तोष बिश्वकर्माले शताब्दी न्युजलाई बताए ।

संक्रमित पुष्टि भएका ३० बर्षिय पुरुष भारतबाट साउन १३ गते बेलबारी फर्किएर क्वारेनटाइनमा बसेका थिए । यस अघि बेलबारीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा कोरोना संक्रमित संख्या ५ पुग्यौं" A few seconds ago

सम्बन्धित खवर