बैतडीमा निर्माण भएको पाच दिनमा सिचाई पोखरी भत्कियो – Satabdi News

बैतडीमा निर्माण भएको पाच दिनमा सिचाई पोखरी भत्कियो

जनक साउद
श्रावण १७, बैतडी । बैतडीको डिलाशैनी गाउपालिका वडा नम्बर ५ ओखलबटामा निर्माण गरिएको सिचाई पोखरी पाच दिनमै भत्किएको छ ।

सिचाई डिभिजन कार्यालय पाटन बैतडी मार्फत गत आर्थिक बर्ष ०७६/०७७ मा निर्माण गरिएको दहखोला सिचाई आयोजनाको सिचाई पोखरी पाच दिनमै भत्किएको स्थानिय जगदीश जोशीले बताए ।

गत असार २९ गते पोखरीको निर्माण कार्य सम्पन्न भएकोमा साउन १ गते राती नै सो सिचाई पोखरीको एउटा छेउ तिरको पर्खाल भत्किएको हो । प्रदेश सरकारको २ लाख ५० हजार बजेटमा सिचाई डिभिजन कार्यालय पाटन मार्फत कार्यान्वयन भएको उक्त सिचाई पोखरी निर्माणमा कमसल निर्माण सामाग्री प्रयोग गरिएकोले ५ दिनमै भत्किएको अनुमान गरिएको छ । यता उपभोक्ता समिति अध्यक्ष नर बहादुर नाथले भने आफु उपभोक्ता समिति अध्यक्ष नै नभएको जिकिर गरेका छन ।

विस्तृत रुपमा बुझ्नको लागी नाथलाई सम्पर्क गर्दा आफु उपभोक्ता समिति अध्यक्ष नै नभएको बताएका हुन । आफु स्थानिय मात्रै भएको जानकारी दिदै उनले बालबालिकाहरुले खोलाको पानी पोखरीमा लगाएकोले भत्किएको दाबी गरेका छन । “असार २९ गते पोखरी निर्माण सम्पन्न भएका थियो,केटाकेटीले पाईपबाट खोलाको पानी रातभरी पोखरीमा लगाएका रहेछन त्यसैले भत्किएको हो ।” उपभोक्ता समिति अध्यक्ष नाथले भने – “अब मर्मत गर्छौ” । हतारमा गरिने असारे विकासमा निर्माण गरिएका संरचनाहरु गुणस्तरहीन हुने गरेको स्थानियको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बैतडीमा निर्माण भएको पाच दिनमा सिचाई पोखरी भत्कियो" A few seconds ago

सम्बन्धित खवर