सुन्दरहरैचा नगरपालिकामा लकडाउन गर्ने तयारी – Satabdi News

सुन्दरहरैचा नगरपालिकामा लकडाउन गर्ने तयारी

श्रावण १७, सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाले कोरोना भाईरस (कोभिड-१९) संक्रमण समुदाय स्तर सम्म फैलिन नदिनका लागि नगर भित्र लकडाउन गर्ने तयारी थालेको छ ।

नजिकै रहेको छिमकी पालिका विराटनगर महानगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिकामा समुदाय स्तरमा देखिएपछि सुन्दरहरैचा नगरपालिकाले लकडाउन गर्ने तयारी गरेको हो ।

छिमेकी पालिका इटहरी उपमहानगरपालिकाले अत्यावश्यक सेवा बाहेक सबै हाटबजारहरु, पसल बन्द गरेको छ । त्यसै गरी विराटनगर महानगरपालिकाले समुदाय स्तरमा कोरोना देखिएपछि दुई साता सम्मको लागि लकडाउन गरेको छ ।

इटहरी उपमहानगरपालिका र संग सिमाना जोडिएको कारणले कोरोना भाइरस सुन्दरहरैचा नगरपालिकामा पनि फैलिने सम्भावना रहेको भन्दै नगर लकडाउन गर्ने तयारी रहेको सुन्दरहरैचा नगरपालिकाले बताएका छन् ।

प्रहरीले आवाजजावज गर्ने यात्रुहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न सुझाव दिएका छन् । कोरोना संक्रमण दिनानोदिन बढ्दै गएपछि स्थानिय प्रशासनले समेत चासो देखाएको पछि लकडाउन हुन सक्ने सम्भावना रहेको छ  । अब सुन्दरहरैचा नगरपालिकाले लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने स्रोतले वताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुन्दरहरैचा नगरपालिकामा लकडाउन गर्ने तयारी" A few seconds ago

सम्बन्धित खवर