खीर संस्कृतिलाई समाजसेवामा जोड्दै बेलबारीका युबा सनम खतिवडा (राजा) – Satabdi News

खीर संस्कृतिलाई समाजसेवामा जोड्दै बेलबारीका युबा सनम खतिवडा (राजा)

श्रावण १५ इटहरी । साउन १५ खीर खाएर मनाउने चाड । बेलबारी ३ निवासी सनम खतिवडा (राजा) ले साउन १५ खीर चाडलाई समाजसेवामा जोड्दै इटहरीमा अवस्थित असाहय वृद्ध, बालबालिका तथा अशक्त अपाङ आदि करिब 60 जनालाई खीर खुवाएर मनाएका छन ।

अहिलेको नया पुस्ताले खीर पर्व बारे ज्ञान नभएकाले र यो पर्वलाई बिर्सिदै गरेकाले यस पर्बलाई पुर्ण जागृत गराउदै र संस्कृती झल्काउन कार्यक्रम आयोजना गरेको सनम खतिवडा (राजा ) ले शताब्दी न्युजलाई बताएका छन ।

उक्त कार्यक्रममा महिला अधिकार मन्च प्रदेश १ कि संयोजक सीता सुवेदी, बेलबारीका युबा रोशन परिवार, सुबास गिरि, विशाल राई, लोकेश ढकाल, निरज नेपाल, सन्देश गिरि, अर्जुन ढुङ्गाना, सुजिता लामिछाने, सुजन चौधरी लगायत कार्यक्रममा सहभागी भएका थिए । सनम खतिवडा (राजा) केही समय देखि समाज सेवामा अग्रसर भएर लागेका छन भने बेलवारी नगरपालिकामा स्थानीय गायकको पनि छवि बनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "खीर संस्कृतिलाई समाजसेवामा जोड्दै बेलबारीका युब..." A few seconds ago

सम्बन्धित खवर