हाम्रो प्रश्न न्याय कतिमा किनबेच हुन्छ, भन्दै युवा विद्यार्थी आन्दोलित – Satabdi News

हाम्रो प्रश्न न्याय कतिमा किनबेच हुन्छ, भन्दै युवा विद्यार्थी आन्दोलित

श्रावण १०, काठमाडौ । श्रीमतीको हत्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजीको सजाय फैसाले न्यायपालिकाको गरिमा माथि प्रश्न खडा गरेको र न्यायपालिका प्रति जनताको विश्वास माथि खेलबाड भएको भन्दै लोकतान्त्रिक चोक, किर्तिपुरमा युवा विद्यार्थीले स्वातस्फुत; रुपमा विरोध गरेका छन् । दिनप्रतिदिन गम्भिर अपराधीका अपराधलाई विभिन्न चलखेलका माध्यमबाट कार्पेट मुनि लुकाइदिदा दिनप्रतिदि न्याय मरिरहेको भन्दै विभिन्न नारा सहित प्रदर्शन गरेका थिए ।

अदालत भेट्टियो, न्याय भेट्टिएन खै न्याय ? प्रधानन्यायाधीशले रन्जन कोइरालालाई उपहार दिए, अब त अति भो, दलिय भागबण्डले न्यायलयको क्षति भो, दलिय भागबण्डले न्यायलय कोमामा पुगेको छ, आर्थिक, राजनैतिक, नाताबाद, कृपाबादले अपराधिको अपराधलाई कार्पेट मुनि लुकाउदै छ, यदि न्यायलयबाटै न्यायको हत्या गरिन्छ भने सामान्य जनता न्याय खोज्न कहाँ जाने, हाम्रो प्रश्न न्याय कतिमा किनबेच हुन्छ जस्ता नारा लिएर प्रदशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हाम्रो प्रश्न न्याय कतिमा किनबेच हुन्छ, भन्दै य..." A few seconds ago

सम्बन्धित खवर