मुक्कुमलुङमा भएको घम्साघम्सी घटनाप्रती मुक्कुमलुङ सरोकार समुह धरानको ध्यानाकर्षण – Satabdi News

मुक्कुमलुङमा भएको घम्साघम्सी घटनाप्रती मुक्कुमलुङ सरोकार समुह धरानको ध्यानाकर्षण

श्रावण १०, धरान । ताप्लेजुङ स्थित पाथिभरालाई मुक्कुमलुङ नामकरण गर्नुपर्छ भन्ने लगायत आन्दोलनप्रति धरानका याक्थुङ लिम्बू नागरिक युवा विद्यार्थीले एक प्रेस विज्ञप्ति जारी गरेका छन् ।

स्थानीय लिम्बु सयङहरुको संघर्ष समितिको युवाहरु र जनपथ तथा सशस्त्र प्रहरी विच हिजो मुक्कुमलुङ मै घम्साघम्सी भएको घटनाप्रती ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा आवश्यक परे आन्दोलनप्रती ऐक्यवद्धता जनाउदै भिड्न ताप्लेजुङ नै जाने विज्ञप्तिमा उल्लेख रहेको छ ।

याक्थुङ जातिको ऐतिहासिक मुक्कुमलुङको नामकरण र सरोकारवालाहरुको बिना अनुमती अबैज्ञानिक रूपमा सामान्य कानुनी एउटा ब्यापारिक संस्था यति होण्डिङ कम्पनीलाई दिएको सन्दर्भमा स्थानीय स्तरमा चलिरहेको आन्दोलनलाई धरानबाट ऐक्यबद्धता जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मुक्कुमलुङमा भएको घम्साघम्सी घटनाप्रती मुक्कुमल..." A few seconds ago

सम्बन्धित खवर