खोर्साने चोक सडकखण्डको निर्माण, असारे विकास भएको स्थानीयकाे आरोप – Satabdi News

खोर्साने चोक सडकखण्डको निर्माण, असारे विकास भएको स्थानीयकाे आरोप

श्रावण ८, मोरङ । पुर्व पश्चिम राजमार्ग अन्तरर्गत मोरङको सुन्दरहरैचा नगरपालिका स्थित खोर्साने सडकखण्ड निमार्ण भए संगै स्थानीयले असारेे विकास भएको आरोप लगाएका छन् ।  सवारी साधन गुड्ने उक्त सडक खण्ड निर्माण कार्य भइरहेको हो ।

सडकमा ठुलठुला खाल्टा खुल्टी भएर पानी जम्ने भए संगै सडकमा यात्रा गर्ने हजारौ यात्रु तथा पैदलयात्रीहरुलाई समस्या पर्दै आएको थियो । दैनिक जसो हजारौको संङ्ख्यामा यात्रा गर्दा उक्त सडकमा खाल्टाखुल्टीका कारण दुर्घटना हुदै आएको थियो ।

भारी बर्षका कारण खाल्टाखुल्टी भएपछि सडकमा यात्रा गर्न कठिन हुनुका साथै दैनिक एकदुई वटा दुर्घटना समेत हुने गरेको थियो । अब यो सडक मर्मत तथा निर्माण पछि दुर्घटना न्यूनीकरण हुन सक्ने अपेक्षा गरिएको छ ।

गत श्रावण १ गते बाट यो काम सुरु भएको र कहिले सम्म काम सम्पन्न हुने चाहि आफुलाई थाहा नभएको कार्कीबन्धु कन्ट्रक्सनका सब सुपरभाइजर रोहिन्द्र थापाले शताब्दी न्युजलाई बताए । यसै गरी निर्माण भईरहेको सडकको लम्बाई भने ७० मिटर, चौडाइ भने ७ मिटर र मोटाई भने ३० सेन्टिमिटर रहेको जनाए ।

स्थानिय बासिन्दा बालकृष्ण कडेल भन्छ, ‘दैनिक सयौंको संख्यामा टिप्पर हिडेकाले सडक खाल्टाखुल्टी भएको छ । यो सडक निर्माण भए पनि आयु धेरै नभएको र शाखा बाटोको उचाई भन्दा कम भएकाले भारी बर्षा भएको बेला उक्त सडकमा पानी जम्ने र फेरि उस्तै हुन सक्ने उनको भनाई छ । ‘

यता स्थानिय एक व्यापारीले सडक निर्माण हुनु राम्रो कुरा भएता पनि निर्माण भईरहेको सडक भने कामसल र गुणस्तरीय नभएको बताउछन । सडक यस्तो हालत भए देखिनै आफ्नो व्यवसाय पनि धरासायी बन्दै गएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "खोर्साने चोक सडकखण्डको निर्माण, असारे विकास भएक..." A few seconds ago

सम्बन्धित खवर