साहित्यकार इरान राईको ’कट्टु’ सार्वजनिक – Satabdi News

साहित्यकार इरान राईको ’कट्टु’ सार्वजनिक

असार २९, बेलबारी । बेलबारीका वरिष्ठ साहित्यकार तथा समाजसेवी इरान राईको नयाँ कृती व्यंग्य निबन्ध सङ्ग्रह ’कट्टु’ को सोमबार बिहान एक औपचारिक कार्यक्रम गरि सार्वजनिक गरिएको छ ।

बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी, पुर्व सांसद हर्कमान तामाङ, बेलबारी नगर उपप्रमुख ढाका पराजुली , साहित्यकार तथा बेलबारी साहित्य बिकास संस्थाका अध्यक्ष रेखा सुवेदी लगायतले सो संग्रह सयुक्त रुपमा सार्वजनिक गरेका हुन ।

२०७ औं भानुजयन्तीको अवसरमा सो सङ्ग्रह सार्वजनिक गरिएको कार्यक्रममा साहित्यकार आचार्य अ ले आदिकवी भानुभक्त आचार्यको बारेमा रचना वाचन गरेका थिए भने हर्कमान तामाङले टिप्पणी गरेका थिए ।

सङ्ग्रहलाई १५ वटा गहकिला सामाजिक बिम्बहरुका इजारले दर्हो र कसिलो बनाइएको छ । समाजसेवी कृष्ण गरुङले ’कट्टु’ सङ्ग्रहले व्यङ्ग्य निबन्ध क्षेत्रमा नयाँ आयाम थपेको र सो सङ्ग्रह सबैले पढ्नै पर्ने कृती रहेको सताब्दी न्युजलाई बताए ।

कार्यक्रम बेलबारी १ स्थित मदनमोहन पुष्परत्न सांस्कृतिक भवनमा सम्पन्न भएको थियो। कार्यक्रम संचालन जेबि थुलुङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "साहित्यकार इरान राईको ’कट्टु’ सार्वजनिक" A few seconds ago

सम्बन्धित खवर