गजल – Satabdi News

गजल

सुरेन चाम्लिङ्ग, झापा

गजल
मेरो मुटु तिम्रो लागि नधड्किएको कहाँछर
तिम्रो यादमा प्रत्येक गाँस नअड्किएको कहाँछर

झोकमा निक्ले एक्लै बाच्छु भन्ने शब्द
हरपल तिम्रो साथ यहाँ नखड्किएको कहाँछर

तिम्रै प्यारको जालमा झुण्डिका आशुभेल
ठुल्ठुला पहिरो बन्दै नपड्किएको कहाँछर

तिमिलेनै खुसी पार्थेउ पिता, पुर्खा कुल सबै
एक्लै पुज्न खोज्दा आज नभड्किएको कहाँछर

आँखा झै दुई आत्मा एकथियो दुनिया हेर्ने
अतृप्त एक्लोभै आज नभड्किएको कहाँछर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गजल" A few seconds ago

सम्बन्धित खवर