यहाँ मान्छेहरुको अभाव छ – Satabdi News

यहाँ मान्छेहरुको अभाव छ

मनिष भारती

यहाँ मान्छेहरुको अभाव छ
स्वच्छ पवित्र र उदार भवनाको ।
यहाँ ति मान्छेहरु को प्रसंशा बढी छ
भ्रष्ट घुसखोरी र दलालीहरुको ।

प्रकृतिको सुन्दर संसार नेपालमा
खराव मान्छेहरुको बिगविगी बढी छ ।
विकास उन्नति र प्रगतिको सपना बुन्नेहरु भन्दा
देश डुबाउनेको लडीबडी छ
त्यसैले यहाँ मान्छेहरुको अभाव छ
स्वच्छ पवित्र र उदार भवनाको ।

नेपाल आमा मान्छे खोजिरहेछिन्
पूर्व मेची र पश्चिम् महाकाली एउटै नेपाल बनाउन ।
तर यहाँ देश कहिले संघीयता
त कहिले संघीउता गर्दै टुक्र्याँउदैछन्
त्यसैले यहा मान्छेहरुको अभाव छ
स्वच्छ पवित्र र उदार भवनाको ।
( पथरीशनिश्चरे, ३)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "यहाँ मान्छेहरुको अभाव छ" A few seconds ago

सम्बन्धित खवर