अंगिरा पासीहरु किन मारिन्छन्, किन हत्या हुन्छ नवराज वि.क. हरुको ?; प्रणिका कोयु – Satabdi News

अंगिरा पासीहरु किन मारिन्छन्, किन हत्या हुन्छ नवराज वि.क. हरुको ?; प्रणिका कोयु

असार १६, किर्तिपुर । नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अन्जना बिशुन्खेले जनप्रतिनिधि लाई टिकट दिने बेला नै पार्टीले गल्ति गरेको बताएकी छिन् । नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्ट्रिय कमिटीको संयुक्त आयोजनामा रुकुम नरसंहार र दलित समुदायमाथि श्रृंखलावद्व रुपमा भएको जातिय विभेद का विरुद्ध “जात व्यवस्था र अंगिरा पासीको हत्या विषयक सडक सभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

पार्टीले जग्गा दलाल, ठेकेदारका साथसाथै मनुवादी उच्च जातिय अंहकारी मान्छेहरुलाई टिकट दिएकोले रुकुम पश्चिम र रुपेन्देही देवदहको घटना घटेको उहाँको भनाई थियो । किर्तिपुरलाई विद्रोहको थलोको रुपमा चित्रण गर्दै उहांले भन्नु भयो पृथ्वीनारायण शाहको राज्य विस्तारको विरुद्ध अन्तिम सम्म लड्ने किर्तिपुर बासी लले २०४६ , ६२/ ६३ को जनआन्दोलनमा ऎतिहासिक भुमिका खेलेको स्मरण गराउदैं राजतन्त्र फाल्न मा जसरी भुमिका खेले अब यो जात व्यवस्था फाल्न त्यसरी नेै एकजुट हुनुपर्ने बताईन । अंगिरा पासीको हत्यारालाई कडा कार्वाही नभए सम्म आन्दोलन निरन्तर जारी राख्नु पर्ने बताइन उनले परिवर्तन असम्भव नभएको बताउदै हामी परिवर्तन आज गर्ने कि भोली गर्ने भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउनु भयो । महिला दिदी बहिनीहरु चुलोचौकोमा मात्र सिमित रहे राज्यले सधै अन्याय गर्ने पनि उहाँको भनाई थियो । सांसद विशुन्खेले आफुले पढेको कुरालाई किताबी ज्ञानमा मात्र सिमित नराखि भौतिक रुपमा नै उपस्थित भएर समाज परिवर्तनमा लाग्न सम्पुर्ण युवा विद्यार्थी हरुलाई आव्हान पनि गरिन् ।

त्यस्तै दलित महिला संघ कि महासचिव रेणु सिंजापतिले ४० वर्ष देखि मान्छे हुनको लागि मात्र लड्नु परेको दुखद क्षणलाई सम्झिदैं अबको लडाई सामाजिक न्यायको लडाई हुन पर्ने बताउनु भयो । महिला, पुरुष, जाति, वर्ण, वर्ग कै आधारमा यो समाजले कहिले सम्म उत्पिडित समुदायलाई असमानता र थिचो मिचो गरिरहन्छ ? उहाँले प्रश्न गर्नु भयो । हामीले देखेका र सुनेका छौं धेरै विद्वानहरुले देश यस्तो भए हुन्थ्यो यसरी विकास गरे हुन्थ्यो भनेर तर उहांहरुले कहिल्यै भन्नु हुन्न जात व्यवस्थामा रहेको थिचो-मिचोलाई यसरी हटाउन पर्छ भनेर । यसले गर्दा यो सभ्य भनिएको समाज नै विभेदकारी रहेको उहांको भनाई थियो । शिक्षित भनिएका व्यक्तिहरु बाटै नै जातिय व्यवस्थालाई प्रश्रय दिने खाले अभिव्यक्तिहरु सुनिएको भन्दै उहाँले समाज परिवर्तनमा लाग्नु पर्ने मानिस नै जात व्यवस्था कायम गर्न लागेको आरोप लगाउनु भयो ।

कार्यक्रममा लेखक तथा अधिकारकर्मी रिता शाहले सरकारको सोच नै विभेदकारी रहेको बताउदै रुकुम पश्चिम र रुपेन्देही देवदहको घटनालाई विभिन्न बहानाबाजी मा ढाकछोप गरि सरकार लुकाउन लागेको उनको आरोप थियो । यी दुई घटना कुनै पनि हालतमा क्षम्य लायक नभएको भन्दै पिडक लाई हदै सम्मको कार्वाहीको माग गरिन् । पछिल्लो नागरिकता विधेयकका विरुद्ध बोल्दै शाहले नागरिकता विधेयकलाई राष्ट्रवादी आखा बाट मात्र नभई महिला र मानवअधिकारको आखाबाट हेर्नू पर्ने उनको भनाई थियो । यो विधेयक महिलाको हकलाई कुण्ठित बनाउने खाले र समग्र मानवअधिकार लाई नै लत्याउने खाले रहेको उनको भनाई छ ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै लेखक प्रणिका कोयुले अंगिरा पासी, पासी नभएर झा, यादव, शर्मा, पौडेल , पन्त भएको भए धेरै अधिकारकर्मीहरुको लागि एउटा मसला हुने थियो यो देशमा धेरै महिला अधिकारकर्मी, बाल अधिकारकर्मी भनेर चिनाउने हरु अंगिरा पासीको हत्या मा मौन रहनु जातिय हिंसा भएको उहाँ को भनाई थियो । नेपालको राष्ट्रगानले भने जस्तो सयौं थुंगा फुलका हामी एउटै माला नेपाली, र संविधानले बहुजाति बहुभाषी भन्छ तर एउटै मालामा उनिन पर्ने अंगिरा पासीहरु किन मारिन्छन् किन हत्या हुन्छ नवराज वि.क. हरुको ? उनले राज्यलाई प्रश्न गरिन् । न्यायको आ लन्दोलनमा सबै समुदाय एक भएर लड्नु पर्ने कोयुको भनाई थियो ।

त्यस्तै कार्यक्रममा लेखक सम्झना भट्टराईले एउटा बलत्कारी लाई जिम्मा लगाउने यो समाज नै हत्यारा हो र त्यसको जिम्मा यहिं समाजले लिनु पर्ने उहांको भनाई थियो । बलात्कारी र हत्यारा लाई कार्वाही गर्ने कानुन बनाउने र कानुन कार्यनयन गर्ने जनप्रतिनिधि हरुनै कानुन उल्लघंन मा अग्रपंक्तिमा रहेको उहाँको आरोप थियो । २१ औं शताब्दीमा आईपुग्दा पनि जातकै आधारमा मारिनु पर्ने अवस्था रहनु निकै पिडादायक र दुखदायी रहेको उहाँको भनाई थियो । न्यायको लागि लड्नु को विकल्प नभएको पनि भट्टराईले बताईन ।

सडक बहस कार्यक्रम रवि सेन्चुरीको अध्यक्षता, जगत वि.क. को स्वागत र रामलाल राजवंशी विके को संचालन मा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अंगिरा पासीहरु किन मारिन्छन्, किन हत्या हुन्छ न..." A few seconds ago

सम्बन्धित खवर