बझाङमा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि – Satabdi News

बझाङमा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि

असार १४ , काठमाडौं । बझाङको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको टेकुस्थित प्रयोगशाला र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट आइतबार मात्रै ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

टेकुमा भएको परीक्षणमा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर दीपकविक्रम शाहले जानकारी दिए ।

टेकुको प्रयोगशालामा नगरपालिकाका वडा नम्बर १ देखि ६ सम्मका २४४ जनाको स्वाब असार ३ गते संकलन गरी पठाइएको थियो । तीमध्ये अझै सबैको रिपोर्ट आइनसकेको मेयर शाहले बताए ।

यस्तै, वडानम्बर ७ देखि १० सम्मका ३३८ जनाको स्वाब पनि गत ३ गते नै जुम्ला पठाएको आइतबार नै ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना पुष्टि भएका सबै भारतबाट आएर विभिन्न क्वारेन्टिनमा बसेकाहरु हुन् । भारतबाट आएको एक महिना बितिसकेपछि मात्रै उनीहरुको परीक्षण भएको मेयर शाहले बताए । परीक्षण ढिलो भएकोले क्वारेन्टिनमै संक्रमण फैलिएको हुनसक्ने उनले बताए ।

नगरपालिकामा अझै ५०० को हाराहारीमा भारतबाट आएका व्यक्तिहरु क्वारेन्टिनमा रहेको मेयर शाहको भनाइ छ ।
अनलाईनखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बझाङमा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि" A few seconds ago

सम्बन्धित खवर