सुन्दरहरैचाको खोर्साने चोक सडक खण्डमा सरकारको ध्यान गएन – Satabdi News

सुन्दरहरैचाको खोर्साने चोक सडक खण्डमा सरकारको ध्यान गएन

खोर्साने चोक सडक खण्ड

असार १३, सुन्दरहरैचा । नेपालमा बर्षायम सुरु भएसंगै सडक हिलाम्मे हुने गरेको देखिन्छ । सडक हिलाम्मे भए संगै सर्वसधारण कष्टकर यात्रा गर्न बाध्य हुन्छन्  । त्यस्तै महेन्द्र राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिकाको खोर्सानेका चोक सडक खण्ड हिलाम्मे भएको छ ।

दैनिक जसो हजारौ सवारी साधन गुड्ने उक्त सडक अहिले खाल्टाखुल्टीको कारण सवारी आवज जावजमा कठिनाई भएको छ । सडकमा खाल्टो भएर पानी जम्मे संगै सडकमा यात्रुहरुलाई समस्या परेको हो । दैनिक यात्रा गर्ने हजारौं यात्रुलाई दुर्घटनाको उच्च जोखिम रहेको पनि स्थानीयहरु बताउछन । प्रत्येक दिन उक्त सडक खण्डमा खाल्टोखुल्टीका कारण दुर्घटना हुने गरेको पाईएको छ ।

सुन्दरहरैचा –१० निवासी बालकृष्ण कडेलले “राज्यका हरेको तहका सरकारलाई हामी जनताले कर तिरे पछि यो काम हुनुपर्नै हो तर त्यसो भएन, महेन्द राजमार्गको यस्तो हालत हुदासम्म कुनै सरकार र सरोकारवालाको ध्यान नजानु नै सबै भन्दा कमजोरी रहेको बताए ।”

त्यस्तै सुन्दरहरैचा खोर्सानेका एक किराना व्यापारी प्रदिप मास्के भन्छन् – “पानी परेको बेला सडकमा खाल्टोखुल्टी भएर यात्रुहरुले खाल्टोको गराई कति छ भन्ने थाहा नहुदा पनि दुघर्टना भएको देखिएको छ । आज मात्र खाल्टाखुल्टीको कारण दिउसो दुईवटा मोटरसाईकल दुघर्टनामा परेको छ । त्यस्तै रातको समयमा झन उच्च जोखिम बढेर गएको छ । रातका समयमा दैनिक जसो केही न केही सवारी साधन दुघर्टना भएको पाईएको छ । यस बिषयमा स्थानिय सरकारले केही नगरेको भन्दै गुनासो समेत पोखेका छन् ।”

सडकमा रहेको खाल्टो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुन्दरहरैचाको खोर्साने चोक सडक खण्डमा सरकारको ध..." A few seconds ago

सम्बन्धित खवर