गजल : मुना हिराङसम्पाङ राई – Satabdi News

गजल : मुना हिराङसम्पाङ राई

मुना हिराङसम्पाङ राई
च्याङथापू,पाँचथर
हाल साइप्रस

गजल

समाजमा नारीलाई भेदभाव छैन भन्ने गर्छ
व्याबहारमा उतार्न अभाव छैन भन्ने गर्छ

भित्र्याउदा बिदेशी नारी यहाँ पुरुषले कोही
कही कतै छेकथुनको बहाव छैन भन्ने गर्छ

देख्दैन गाउँघरको हिंसा सरकारले यहाँ
ल्याउदा स्त्रीले बिदेशी दबाव छैन भन्ने गर्छ

उठौ एकैसाथ सबै नारी जुर्मुराउ भन्दा यहाँ
स्त्रीले स्त्रीको माझ कुनै तनाव छैन भन्ने गर्छ

आउछ कहिले त्यो दिन पबित्रताको नाराहरु
जहाँ संसदबाटै स्त्री खराव छैन भन्ने गर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गजल : मुना हिराङसम्पाङ राई" A few seconds ago

सम्बन्धित खवर