बुद्धचित्तमाला चोर्ने क्रममा गोली चल्दा पाँच घाइते – Satabdi News

बुद्धचित्तमाला चोर्ने क्रममा गोली चल्दा पाँच घाइते

असार १२, काभ्रे । रोशी गाँउपालिकामा बुद्धचित्तको माला चोर्ने आएको समूहले गोली चलाएको छ ।

बुद्धचित्त चोर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गोली चल्ने क्रममा घाइते भएकाहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त चोर्ने क्रममा गोली चलेको हो । काभ्रेका डीएसपी कुमार विक्रम थापाले बम राखेर बाटो अवरोध रहेको कारण प्रहरी घटनास्थलमा नपुगेको बताए । मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको प्रहरकिो दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बुद्धचित्तमाला चोर्ने क्रममा गोली चल्दा पाँच घाइते" A few seconds ago

सम्बन्धित खवर