स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बर्खास्त गर्ने प्रधानमन्त्री ओलीको तयारी – Satabdi News

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बर्खास्त गर्ने प्रधानमन्त्री ओलीको तयारी

असार १२, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्य मन्त्री भनुभक्त ढकाल ब’र्खास्त हुने भएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेदेखि नै पटकपटक वि’वाद आएको र मन्त्रालय चलाउन असक्षम भएको भन्दै मन्त्री ढकाललाई ह’टाउने अन्तिम तयारी भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गरेर का’नुनबाट स्वास्थ्य मन्त्रालयमा ल्याएका थिए । तर, प्रभावकारी रुपमा कार्य सम्पादन गर्न नसकेपछि प्रधानमन्त्री ब’र्खास्त गर्ने निष्कर्षमा पुगेका हुन् ।

को’रोना सं’कटसँग जु’ध्ने मुख्य जिम्मेवारी स्वास्थ्य मन्त्रालयालाई छ । तर, मन्त्री ढकाल स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा कमिसनको च’क्करमा लागेको र मन्त्रालयका कर्मचारीहरुसहितको टीमवर्क नगरेर एकजना व्यक्तिबाट चलेको बालुवाटारको निष्कर्ष छ । स्वास्थ्य सामाग्री खरिदमा प्रक्रियामा ओम्नी ग्रुप, ओम सर्जिकलसहित तीन कम्पनी छनोट र तेस्रो पटक फेरि १२ औं नम्बरको ओम सर्जिकललाई ठेक्का दिनेसम्म मन्त्री ढकाल प्रत्यक्ष रुपमा जोडिएका छन् ।

को’रोना सं’कटमा क’माउ ध’न्दा चलाउन मन्त्री ढकालले नीतिगत रुपमै भ्र’ष्टाचार गर्ने गरेको भन्दै चौतर्फी रुपमा वि’रोध भइरहेको छ । त्यस्तै वि’वादित एनसेलको पैसाबाट मन्त्रालयको विज्ञापन गर्ने कार्य पनि मन्त्रीकै निर्देशनमा भएको मन्त्रालय स्रोतको दा’बी छ ।मन्त्री ढकाल आफ्ना विज्ञ सल्लाहकार डा. खेम कार्कीबाट चलेको कर्मचारीको आ’रोप छ । स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा ओम्नी समूहदेखि ओम सर्जिकलसँगको से’टिङ पनि कार्कीकै योजनामा मन्त्रीमाथि ढकाल पनि संलग्न भएको आ’रोप छ ।

मन्त्री ढकालले स्वास्थ्य मन्त्रालय समालेदेखि अहिलेसम्म तीनवटा सचिव र तीनवटा स्वास्थ्य सेवा विभागका महानिर्देश बदलिसकेका छन् । मन्त्री सल्लाहकार कार्कीसँग मिलेर मन्त्रालयका सचिवदेखि अरु कर्मचारीहरुसँग बाइपास गर्ने गरेका छन् । ग’लत नियतले दिने निर्देशनलाई नमानेपछि मन्त्री ढकालले सुरुमा सचिव खगराज बराललाई ह’टाएर यादब कोइरालालाई ल्याए । कोइरालाले पनि सहयोग नगरेको भन्दै लक्ष्मण अर्याललाई स्वास्थ्य सचिवमा ल्याए । अहिले अर्यालसँग पनि वि’वाद सुरु भइसकेको मन्त्रालयका कर्मचारी बताउँछन् ।

त्यसैगरी मन्त्री ढकालले सुरुमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेललाई ह’टाएर गैर मेडिकलका महेन्द्र श्रेष्ठलाई महानिर्देशक बनाए । सुरुमा श्रेष्ठलाई निकै विश्वास गरेको तर पछि मन्त्रीले निर्देशनअनुसार काम नगरेको भन्दै उनलाई ह’टाएर डा.दिपेन्द्ररमण सिंहलाई महानिर्देशक बनाएका छन् । त्यस्तै डा. कार्कीकै सल्लाहमा मन्त्री ढकालले शुक्रराज ट्रापिकल तथा सरुवा रो’ग अस्पतालका डा. शेरबहादुर पुनलाई का’रवाही गरेका थिए । तर, चौतर्फी वि’रोध भएपछि का’रवाही रोकिएको थियो ।

मन्त्री ढकाल र सल्लाहकार डा. कार्कीकै संलग्नतामा स्वास्थ्य मन्त्रालयमा नीतिगत भ्र’ष्टाचार र स्वास्थ्य सामाग्रीमा भएको अनियमिताबारे प्रधानमन्त्रीले स्पष्टिकरण सोधेका थिए । उनले आफू विभागसँग नजोडिएको र डा. कार्कीले योजना बनाएको भन्दै बुझ्ने बताउने गरेका थिए ।मन्त्री ढकालले आफू बच्न कर्मचारीले ब’दमासी गरेको प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्ने र उनले भनेअनुसार नै मन्त्रालयका सचिव र विभागका महानिर्देशक परिवर्तन हुँदै आएका थिए ।

तर, अहिले मन्त्री ढकालले आफू बच्न कर्मचारीलाई दो’ष दिने गरेको भन्ने प्रधानमन्त्रीले निष्कर्ष निकालेको स्रोत बताउँछ ।
“प्रधानमन्त्रीज्यूले विश्वास गरेर स्वास्थ्य मन्त्रालयको जिम्मा दिनु भएको थियो । तर, स्वास्थ्य सामाग्री खरिदलगायतका समस्या आउन थाले । प्रधानमन्त्रीले जानकारी माग्दा कर्मचारीले बदमासी गरेको जवाफ दिनुभयो । उहाँले भनेअनुसार नै सचिव, महानिर्देशक र अरुकर्मचारीको सरुवा भयो तर जुन सचिव र महानिर्देशक आउँदा पनि समस्या उस्तै भएपछि प्रधानमन्त्री हटाउने निष्कर्षमा पुग्नुभएको छ” बालुवाटार स्रोतले भन्यो । शुक्रबार पनि मन्त्री ढकाललाई हटाउनेबारे छलफल भएको थियो ।

स्रोतका अनुसार मन्त्री ढकाललाई हटाएर पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिने प्रधानमन्त्री ओलीले गृहकार्य थालेका छन् । कास्कीबाट प्रतिनिधिसभामा निर्वाचित यसअघि भूकम्पको बेला कुशलतापूर्वक मन्त्रालय चलाएको र अहिले को’रोना सं’कटसँग पनि जुध्न सक्ने विश्वास प्रधानमन्त्रीको छ । प्रधानमन्त्री ओलीका विश्वास पात्र समेत रहेका अधिकारी पार्टी एकता हुनुभन्दा पहिले संसदीय दलको प्रमुख सचेतक समेत थिए ।

अधिकारीले कर्मचारीसहितको टीमवर्क गरेका कारण सफल भएको र ढकालले टीमवर्क गर्न नसक्दा असफल भएको निष्कर्षमा प्रधानमन्त्री पुगेको स्रोत बताउँछ । “कर्मचारीसहितको टीमवर्क गर्न नसकेकै कारण ढकाल मन्त्रालय चलाउन असफल हुनुभएको हो । कोरोनासँग जुध्न टीमवर्क आवश्यक हुन्छ । त्यो गर्न सक्ने पूर्वस्वास्थ्यमन्त्री अधिकारी हुनुहुन्छ । प्रधानमन्त्रीले उहाँलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सोच्नुभएको छ” स्रोतले भन्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बर्खास्त गर्न..." A few seconds ago

सम्बन्धित खवर