बाघको छाला सहित तीन जना पक्राउ – Satabdi News

बाघको छाला सहित तीन जना पक्राउ

धिरज बिष्ट
असार ९, बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छाला सहित तीन जनालाई पक्राउ गरेको छ ।

तीन जङ्गली जनावर मारेर छाला हड्डी लगायतका बहुमूल्य पर्ने चीज पैठारी गरेकाले प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले बताए  । उनीहरुबाट बाघको छाला, हड्डी र भालुको पित्तसमेत बरामद गरिएको छ। पक्राउ परेकालाई चोरी शिकारी तथा पैठारी सम्बन्धी ऐन अनुसार कारवाही गर्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बाघको छाला सहित तीन जना पक्राउ" A few seconds ago

सम्बन्धित खवर