जनता आवास कार्यक्रमको घोटला भए, नभएको प्रकृयागत अनुसन्धानबाट मात्र थाहा हुने; मेयर ज्ञानेन्द्र सुबेदी – Satabdi News

जनता आवास कार्यक्रमको घोटला भए, नभएको प्रकृयागत अनुसन्धानबाट मात्र थाहा हुने; मेयर ज्ञानेन्द्र सुबेदी

बेलबारी, ८ असार । जनता समाजबादी पार्टी बेलबारी नगर अध्यक्ष तिलक राईले जनता आवास कार्यक्रमबारे सर्वदलिय बैठकबाट घोटला नभएको भन्ने निष्कर्ष मिडियामा आएको समाचार प्रती आपती जनाएका छ्न ।

सर्वदलिय बैठकमा स्वयम आफु पनि सहभागि भएको र उक्त बैठकमा भएको कमीकमजोरी सुधार गर्ने र घोटला भए नभएको बारे प्रकृयागत अनुसन्धानबाट मात्र थाहा हुने बेलबारी नगरका मेयर ज्ञानेन्द्र सुबेदीले बैठकमा बताएका थिए । मेयर सुबेदीले सर्बदलिय बैठकमा उपभोक्ताहरुको निबेदन अनुसार कलर टिनको पाता माग भएकोले २६ गेजको सादा टिनको पाताको बदलामा २८ गेजको कलर टिनको पाता लगाइएको साथै बासको साटो काठको प्रयोग गरेको बताए । बैठकमा उपस्थित अनुगमनमा खटाइएको इन्जिनियरले केहि इँटाहरु र बालुवाहरु गुणस्तरीय नभएको भेट्टिएकोले ती सामग्रीहरु फिर्ता गराइएको स्वीकारेको बताए ।

सर्वदलिय बैठकमा बोल्दै जनता समाजबादी पार्टीका जिल्ला सदस्य केशव थापा मगरले गरिब जनताको आवास निर्माणमा कुनै पनि भष्ट्रचार गर्न नहुने बताउदै सम्झौतामा भएको स्टिमेट अनुसार नै काम हुनु पर्नेमा जोड दिए ।

बैठकमा नगरले राजनीतिक दल तथा उपभोक्ता समितिहरुलाई यस योजना सम्बन्धमा सुचना र स्टिमेटको बारेमा स्पष्ट पार्न नसकेकोले यस्ता प्राबधिक समस्या आएको बताए । बैठकको अन्त्यमा बोल्दै अब हुने कुनै पनि योजना र कार्यक्रमको बारेमा एक चोटि राजनीतिक दल र सम्बन्धित बिज्ञहरुसंग बसेर छलफल गरी अगाडी बढ्ने मेयर सुबेदीले प्रतिबद्दता जनाएका थिए ।

बैठकमा प्रशाशन अधिकृत प्रदिप शाह, उपमेयर तारा पराजुलीको उपस्तिथी रहेको थियो । राजनितिक दल तर्फ नेपाली कांग्रेसका नगर अध्यक्ष शम्भु भट्टराई, सचिब उपेन्द्र सुबेदी र महासमिति सदस्य महेन्द्रा सुबेदी, नेकपा को तर्फबाट नगर अध्यक्ष परशुराम सुबेदी, इन्चार्ज इरान राई र सचिब रबिन थापा लगाएतले बोलेका थिए । त्यसैगरि सर्बदलिय बैठकमा सहारा नेपाल, ह्यबिटेण्ड नेपालका प्रतिनिधि र इन्जिनियर को उपस्तिथी रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनता आवास कार्यक्रमको घोटला भए, नभएको प्रकृयागत..." A few seconds ago

सम्बन्धित खवर