चीनको अशली हर्कत : बर्षौं देखि नेपालका केही भुमिहरु चीनको अधिनमा – Satabdi News

चीनको अशली हर्कत : बर्षौं देखि नेपालका केही भुमिहरु चीनको अधिनमा

असार ८, काठमाडौं । पछिल्लो समय नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषय चर्चा चलिरहेको छ । तर, नेपालमा केही यस्ता ठाँउ पनि छन् जहाँ चीनले अड्डा जमाएको छ । गोरखाको एउटा गाँउ ६० वर्ष देखि तिब्बतको अधिनमा छ ।

उत्तरी गोरखाको रुई गाउँ सरकारी बेवास्ताका कारण २०१७ देखि चीनको अधिनमा रहेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाली गाँउमा कब्जा जमाएको हो । उक्त गाउँमा हाल ७२ घर छन् । यो गाँउ अहिले नेपालको नक्सामा समेत छैन । रुईभोटका बासिन्दाले जग्गाको कर तिरेको अभिलेख मालपोत कार्यालय, गोरखामा सुरक्षित राखिएको छ । तर, गाँउ भने चीनको कब्जामा छ ।

इतिहासकार रमेश ढुंगेलका अनुसार गोरखाको उत्तरी भेगमा रुई र तेघा भन्ने दुईवटा गाउँ नेपालमा नै पर्छ । २०१७ मा गएको नापी टोलीले साम्दो र रुईको बीचमा ३५ नम्बर पिलर राख्न तिब्बतसँग सहमति जनाएपछि नेपाली भूभाग उता पुगेको हो । सामागाउँ, साम्दो, रुई गाउँको भाषा, धर्म, भेषभूषा, संस्कृति उही छ ।

तिब्बत तर्फ समेटिएपछि रुईका कतिपय बासिन्दाले कडा असहमति जनाएका थिए । उनीहरू भागेर सामागाउँ नजिकै आफ्नै बारी तथा गोठ रहेको साम्दो भन्ने ठाउँमा रातारात आएका थिए । लापरबाही र बेवास्ताका कै कारण किमाथांकाका करिब ३ सय ५० घरधुरी पनि तिब्बत तिर परेको, मुस्ताङमा पनि दुई दिनभरि पैदल हिँडेर नसकिने भूभाग तिब्बततिर परेको इतिहासकारहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चीनको अशली हर्कत : बर्षौं देखि नेपालका केही भुम..." A few seconds ago

सम्बन्धित खवर