गजल- जेनिश श्रेष्ठ, सिन्धुली – Satabdi News

गजल- जेनिश श्रेष्ठ, सिन्धुली

जेनिश श्रेष्ठ, सिन्धुली

गजल

भन्दै हिड्ने हर ठाउँ म नेपाली बुहारी
गर्दै हिड्ने राष्ट्र छोडि सधैं बिदेशी दलाली

उठ धामी झाक्री, बोक्सी छौडा जगाएर उठ
देश द्रोही सांसदलाई तार्नु छ पारी बैतर्नी

नर्कमानी ठाउँ नमिलोस् सबैले सराप
राष्ट्र घातिलाई देऊ सेना घोप्टी सलामी

ए नेपाली पण्डित ज्यूहरु उठ फुक संख
घर घरबाट निस्किनेछन् नेपाली मलामी

खुलोस् चेत हुदैन मनवता कहिल्यै सानो
शिर नझुकाउने हामी बिर गोर्खाली नेपाली

धन्यवाद !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गजल- जेनिश श्रेष्ठ, सिन्धुली" A few seconds ago

सम्बन्धित खवर