नेवा:को गुठीलाई स्वायत्त र स्वशासित बनाईनु पर्ने जनता समाजबादी पार्टी नेपालको धारण – Satabdi News

नेवा:को गुठीलाई स्वायत्त र स्वशासित बनाईनु पर्ने जनता समाजबादी पार्टी नेपालको धारण

असार ६, काठमाडौ । नेवा जातिको पहिचान गुठी नास हुने गरी ल्याईएको गुठी बिधेयक फिर्ता गराउन सफल भएको असार ४ गतेलाई नेवा एकताको दिन मानेका छ्न । सरकारले बिना अनुसन्धान तयारी गरि ल्याएको गुठी बिधेयकले नेवा: समुदायको धर्म, संस्कृति र सम्पदाको नास गराउने बिधेयकको विरुद्ध मन्डलामा भएको आन्दोलनले सरकार घुडा टेक्न बाध्य भएका थियो । फलस्वरूप सरकारले २०७६ असार ४ गते गुठी बिधेयक फिर्ता गर्‍यो ।

गुठी नेवाको धर्म, संस्कृति, सम्पदा र जीबनसंग जोडिएको प्रथाजन्य कानुन हो । नेवाहरुको जीबनसंग जोडिएको गुठीलाई स्वायत्त र स्वाशासित बनाईनु पर्ने धारणा सहित असार ४ गते जनता समाजबादी पार्टी नेपाल काठमाडौ महानगर समितीलेे प्ले कार्ड, ब्यानर प्रर्दशन गर्दै दिप प्रज्जलन कार्यक्रम भएको कुरा काठमाडौ अध्यक्ष श्रीजन मान श्रेष्ठले शताब्दी न्युजलाई बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेवा:को गुठीलाई स्वायत्त र स्वशासित बनाईनु पर्न..." A few seconds ago

सम्बन्धित खवर