मार्मा गाउँपालिकामा स्वास्थ्य क्षेत्रको अवस्था दिन प्रतिदिन नाजुक बन्दै – Satabdi News

मार्मा गाउँपालिकामा स्वास्थ्य क्षेत्रको अवस्था दिन प्रतिदिन नाजुक बन्दै

असार ५, दार्चुला । दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा स्वास्थ्य क्षेत्रको अवस्था दिन प्रतिदिन नाजुक अवस्थाबाट गुज्रिरहेको भन्दै तत्काल सुधार गर्न स्वास्थ्य चौकी प्रमुखहरुले आज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार रानालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपालको संविधान अनुसार गुणस्तरीय स्वास्थ्य सेवा आम नागरिकको मौलिक तथा नैसर्गिक भएको भन्दै कोरोनाको महामारीका बेला स्वास्थ्य शाखाले जिम्मेबारी र भुमिका निर्वाह गर्न नसकेको भन्दै प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएको स्वास्थ्य चौकी प्रमुखले बताएका छन् ।

कोरोनाले अस्तव्यस्त पारी सिर्जना गरेको संकटकालिन घडीमा मार्माली जनतामा फैलिएको डर, त्रास र नैराश्यता एवं भ्रमलाई हटाई स्वास्थ्य क्षेत्रको मर्यादा र साख जोगाई राख्न नसकेको भन्दै स्वास्थ्य चौकी प्रमुखहरुले प्रमुख प्रशासकिय अधिकृत रानालाई १५ बुदे ध्यानाकर्षण पत्र बुझाएको जानकारी गराए ।

स्वास्थ्य चौकी  स्वास्थ्य प्रमुखहरुले संयोजक चक्र धामिले संयोजनकारी भुमिका निर्वाह गर्न नसकेकोले वैकल्पिक व्यवस्था गरिनु पर्ने, शैक्षिक योग्यता, क्षमता र लोक सेवा प्रक्रियाको कदर हुनुपर्ने, कर्मचारी समायोजन ऐन अनुसार स्वास्थ्य सेवाका कर्मचारीहरुको पदस्थापना नभएको हुँदा आर्थिक वर्ष २०७७÷०७८ श्रावण देखि लागु हुनेगरी पदस्थापना सच्याइनु पर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको स्वास्थ्य चौकी तपोवनका हेल्थ अशिष्टेन्ट दिनेश सिंह धामीले बताएको हो ।

यस्तै स्वास्थ्य चौकी प्रमुखहरुले कोरोना भाईरसको रोकथाम, उपचार र व्यवस्थापनमा खटिएका कर्मचारीहरुको सुरक्षा साथै नियमनुसार पाउनु पर्ने जोखिम भत्ता उपलब्ध गर्नुपर्ने, क्वारेन्टिनहरुलाई भौतिक र प्राविधिक रुपमा व्यवस्थापन गर्नु पर्ने, कोरोन्टाइनमा खटिएका स्वास्थकर्मिलाई पिपिई सेट लगायत स्वास्थ समाग्री उपलब्ध गराउनु पर्ने माग गरेका छन । मार्मा गाउँपालिका द्धारा संचालित कार्यक्रम ‘सफा आमा स्वच्छ बच्चा’ कार्यक्रमको प्रभावकारिता बढाउन स्वास्थ संयोजक नै बाधक देखिएकोले यी समस्याहरु तत्काल सम्बोधन गर्नुपर्ने लगायतका १५ बुदे माग राख्दै ज्ञापन पत्र बुझाएको स्वास्थ्य चौकी लटिनाथका हेल्थ अशिष्टेन्ट रुप सिंह ठगुन्नाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मार्मा गाउँपालिकामा स्वास्थ्य क्षेत्रको अवस्था ..." A few seconds ago

सम्बन्धित खवर