चिन र भारतको बिच हिंसक झडप चिनको सेनाले गरे २० भारतीय सेनाको हत्या – Satabdi News

चिन र भारतको बिच हिंसक झडप चिनको सेनाले गरे २० भारतीय सेनाको हत्या

असार ३, बुधबार । लद्दाखको गलवान उपत्याकामा सोमबार राति ४ घन्टासम्म दुई देशका सेनाबीझ हिंसक झडप हुँदा भारतीय सेनाका अधिकृत सहित कम्तिमा २० सिपाही मारिएका छन ।

दुई देशका सेनाबीच शान्तिपूर्ण वार्ताको एक महिना नपुग्दै चीन र भारतका सेनाबीच झडप हुँदा यो ठूलो हताहत भएको बुझिएको छ ।

यस क्रममा केही चिनियाँ सिपाही पनि घाइते भएको बताइएको छ । यद्यपि चिनियाँ सेनाबारे विस्तृतमा विवरण आइसकेको छैन ।

आफ्नो २० जवान सैनिकको हत्या भएको पुष्ठि भए पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले आफ्नो देशको तिन अलग अलग सेना प्रमुख सहित रक्ष।मन्त्री, गृहमन्त्री र बिदेस मन्त्री बिच आकस्मिक बैठक बसि क्षलफल गरेका छन ।

सन १९६२ को चिन र भारत बिचको लडाइँ पछिको यो सबै भन्दा ठुलो मात्रामा भारतीय सैनिकको हाद्सा भएको भारतिय मिडियाहरुले बताएका छन ।

गलवान उपत्याकाको यस क्षेत्रमा दुबै देशका सेनाले आफ्नो भूमि भन्दै ओगट्ने गरेका थिए । यद्यपि दुई साताअघि दुई देशका सेनाबीच यस क्षेत्रलाई शान्त राख्ने विषयमा वार्ता सम्पन्न भएको थियो । वार्ता सफल भएको बताइएको दुई सातामै सेनाबीच झडप भएको हो । २०१७ मा पनि चीन र भारतका सेनाबीच दोक्लममा हिंश्रक भीडन्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चिन र भारतको बिच हिंसक झडप चिनको सेनाले गरे २०..." A few seconds ago

सम्बन्धित खवर