किरात राई विद्यार्थी संघद्दारा काठमाडौमा रहेका विद्यार्थीलाई राहत बितरण – Satabdi News

किरात राई विद्यार्थी संघद्दारा काठमाडौमा रहेका विद्यार्थीलाई राहत बितरण

जेठ ३२, काठमाडौ ।  किरात राई विद्यार्थी संघले लकडाउनका कारण समस्यामा परेका विद्यार्थी तथा मजदुरहरुलाई राहात वितरण गरेका छन् । शुक्रवार काठमाडौ, ललितपुर र भक्तपुर ३ जिल्ला भित्रका विद्यार्थी र मजदुर वर्गलाई ५० बोरा चामल ५० किलो दाल ५० लिटर तेल र ५० किलो नुन वितरण गरेका हुन् । हरेक विद्यार्थी वा मजदुरलाई एक बोरा चामल एक केजि दाल एक केजि नुन र एक लिटर तेलका दरले राहत वितरण गरिएको संघका सङ्गठन बिभाग प्रमुख झिल खिम्बुले राईले वताएका छन् ।

विश्व महामारी कोरोना भाईरस कोभिड १९ का कारण नेपालमा गत चैत ११ गते देखि सरकारले लकडाउन सुरु गरि अहिले सम्म जारी राखेको छ । लकडाउनका कारण उपत्यकामा पढ्न र कामको खोजिमा आएका विद्यार्थी मजदुरहरु खाद्यान्न र स्वास्थ्य समस्या झेल्न बाध्य भैरहेको यो परिस्थितिमा आफुहरुले राहत वितरण गरेर सानो सहयोग गरेको संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राईले बताएका छन् । आफुहरुको राहत वितरण कार्यक्रम पहिलो चरण सम्पन्न भएको र दोस्रो चरणमा पनि चाडै वितरण गरिने अध्यक्ष राईले शताब्दी न्युजलाई जानकारी दिएका छन् ।

आफू र आफ्नो सङ्गठन उत्पीडित जाति वर्गको मुक्तीका निम्ति विभिन्न हिसावले लडिरहने र लड्दै आएको उनको तर्क छ । आफुहरु अधिकार प्राप्तिको मोर्चामा मात्र हैन आम नागरिकको जनजिविकाको सवालमा पनि उत्तिकै गम्भीर र सचेत रहेको अध्यक्ष राईको जिकिर छ । आर्थिक अभावका कारण समस्यामा परेका विद्यार्थी र मजदुर वर्गलाई यतिवेला सवैले आफ्नो ठाउबाट सकेको सहयोग गर्ने प्रतिबद्धता गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात राई विद्यार्थी संघद्दारा काठमाडौमा रहेका ..." A few seconds ago

सम्बन्धित खवर