रुकुम नरसंहार विरुद्धमा कविता वाचन कार्यक्रममा कवि पक्राउ – Satabdi News

रुकुम नरसंहार विरुद्धमा कविता वाचन कार्यक्रममा कवि पक्राउ

जेठ २९, काठमाडौ । नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्ट्रिय कमिटीको संयुक्त आयोजनामा रुकुम नरसंहार र जातिय विभेदका विरुद्ध आज किर्तिपुरको लोकतान्त्रिक चौकमा सडक कविता वाचन मार्फत साङ्केतिक विरोध कार्यक्रम सम्पन्न भएको छ । सामाजिक न्याय र समानता माग गर्दै कविता मार्फत चेतनाको विकास गर्ने हेतुले सो कार्यक्रम गरिएको नेराविसका सह- संयोजक तथा सोही कार्यक्रमका संयोजक रवि सेन्चुरी ले बताए कार्यक्रमको बारेमा प्रकाश पार्दै चेतनामा प्रहार नगरि परिवर्तन सम्भव नभएको र अब साँस्कृतिक रुपान्तरण बिना दलित मुक्ति सम्भव नभएको कुरा शताब्दी न्युजलाई बताए ।

कार्यक्रममा उन्मुक्त पुस्ताका कवि केवल विनावीले लाभहरुको सङग्रालय शिर्षकको कविता मार्फत जातिय उत्पीडन ले बर्षौ देखि हेपिएका सुमदायले नै यस समाज लाई सबै भन्दा बढि योगदान दिएको तर त्यहिं समुदायलाई नै यस समाजले चिन्न नसकेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब रेम विश्वकर्माले रुकुम नरसंहारका पिडितले न्याय नपाए सम्म दलित समुदाय चुप लागेर नबस्ने न्याय दिलाउनको लागी जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताए । कार्यक्रममा कवि हरु प्रकाश गुरागाई, शुसिल विके, सौरभ कार्की, कल्पना सुनार, सरोजदिलु विश्वकर्मा, छम गुरुङ, चक्रमान विश्वकर्मा, रिवन मगराति, भरत सिंह धामी “लिपुलेक “, प्रकाश भुजेल, दिपा नेपाली, उषा किरण, सुदन दर्नालले जातिय व्यवस्था र रुकुम घटनाका सन्दर्भमा लेखिएका परिवर्तनकारी र जुझारु कविताहरु वाचन गरेका थिए ।

कार्यक्रमको संचालन गर्दै अनेरास्ववियू उत्पिडित राष्ट्रिय कमिटीका उपाध्यक्ष रामलाल राजवंशी वि.कले भारतीय पत्रकार रविश कुमारको भनाई लाई उद्वत गर्दै सक्छौं मैदानमा बोल, सक्छौ सडकमा बोल, सक्छौ गल्लीमा बोल, त्यहां पनि सक्दैनौं घरमा बोल, घरमा पनि सक्दैनौं कोठामा बोल, कोठा मा पनि सक्दैनौं ट्वाइलेटमा बोल तर बोल । अन्याय र अत्याचार को विरुद्धमा बोल रुकुममा भएको नरसंहारको पिडितको पक्षमा बोल भन्दै सम्पुर्ण न्यायप्रेमी साथीहरुलाई बोल्न आव्हान गर्नु भयो ।

कार्यक्रमको सुरुमै कवि उषाकिरण र राजनीति अनलाईन डटकमका प्रधान सम्पादक लोकेश विश्वकर्मालाई कविता भनिएकै आधारमा प्रहरी प्रशासनले पक्राउ गरेको छ । कार्यक्रममा कवि हरुले कवि उषा किरण र पत्रकार लोकेश विश्वकर्मा लाई बिना शर्त छोड्नु पर्ने माग गरेका छन् । कवि उषा किरण र पत्रकार लोकेश विश्वकर्मालाई पक्राउ गर्दा केही बेर प्रहरीसंग धरपकड समेत भएको थियो । उहांहरुलाई महानगरीय प्रहरी विट दरबारमार्गमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रुकुम नरसंहार विरुद्धमा कविता वाचन कार्यक्रममा ..." A few seconds ago

सम्बन्धित खवर