कान्तिपुर पत्रिकामा सुनारलाई "सुनुवार" भनेर समाचार छापिएपछि सुनुवार विद्यार्थी समाजको ध्यानाकर्षण – Satabdi News

कान्तिपुर पत्रिकामा सुनारलाई “सुनुवार” भनेर समाचार छापिएपछि सुनुवार विद्यार्थी समाजको ध्यानाकर्षण

जेठ २६, काठमाडौं । रुकुम पश्चिमको घटनालाई लिएर कान्तिपुर पत्रिकामा सुनारलाई “सुनुवार” भनी लेखिएको भेटेपछि सुनुवार विद्यार्थी समाज सङ्घीय समितिले फेसबूक मार्फत एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । सुनार र सुनुवार यी दुई शब्दहरु अलग अर्थ, छुट्टै अस्तीत्व र पहिचान भएका समुदाय भएकाले सुनुवार विद्यार्थी समाजले समाचारप्रति आपत्ति जनाएको हो। कान्तिपुर दैनिकले यो भन्दा अगाडी द्वन्दकालमा काभ्रेको मैना सुनारलाई पनि “सुनुवार” बनाएर छापेको थियो। विज्ञप्तिको पुर्ण पाठ यस्तो छ:-

आज मिति २०७७।०२।२५ गतेको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छापिएको पश्चिम रुकुममा घटेको घटनासँग सम्बन्धित समाचार “अझै छटपटाई रहेकाछन् घाईते” शिर्षक दिएर छापिएको समाचारमा कसलाई के भएको छ? भन्ने फोटो क्यापसनमा प्रयोग गरिएको “गोविन्द सुनुवार” लेखिएको देखिन्छ ।

हामी एकिनका साथ रुकुम पश्चिममा किरात समुदायको “सुनुवार” जाति नरहेको कान्तिपुर पब्लिकेशनलाई प्रष्ट पार्न चाहन्छौँ । “सुनुवार” जाति छुट्टै पहिचान भएको किरात समुदाय अन्तर्गतको जनजाति भएको पनि प्रष्ट बनाउन चाहन्छौँ ।

राज्यको चौथो अङ्गको रुपमा स्थापित पत्रकार जगतको संस्थाले लापरवाही ढङ्गले गरेको गल्तिको भ्रर्तसना गर्दै हामी मातृसंस्था सुनुवार सेवा समाज, सुनुवार अग्रजहरु, विद्यार्थी साथीहरु लगायत सम्पूण मिडियाहरुलाई यस प्रति सचेत रहन अनुरोध गर्दछौँ ।

साथै, कान्तिपुर पब्लिकेशनले गरेको गल्तिलाई तुरुन्त सच्याउन र आगामी दिनमा यस किसिमको गल्तिले ठूलो क्षतिको सामना गर्नु पर्ने प्रति सचेत गराउन चाहन्छौँ ।

सुनुवार विद्यार्थी समाज संघीय समिति
काठमाडौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कान्तिपुर पत्रिकामा सुनारलाई “सुनुवारR..." A few seconds ago

सम्बन्धित खवर