मंगलबारे अस्पतलाको नाम परिवर्तनको विषयलाई लिएर स्थानीयको विरोध – Satabdi News

मंगलबारे अस्पतलाको नाम परिवर्तनको विषयलाई लिएर स्थानीयको विरोध

मंगलबारे अस्पतालको नँया भवन

जेठ २३, उर्लावारी । उर्लावारी–३ स्थित मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा स्तरोन्नतीको विषयलाई लिएर स्थानीयले आपत्ति जनाएका छन् ।

उनीहरुले अस्पतालको पहिचान मेटिने गरिने अस्पतालको नाम मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ल्याएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । मंगलबारे स्थानीय युवा अगुवा रोहित कार्कीले अस्पतालको नामलाई मेटेर प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नाम राखिने आफूहरुलाई मान्य नहुने बताए । उनले भने, “ट्रमा सेन्टरको रुपमा विकासित हुनु राम्रो कुरा हो तर नाम नै परिवर्तन गरेर हैन । यसमा हाम्रो असहमति छ ।”

यस्तै मंगलबारे सामाजिक अगुवा जितेन्द्र चोङबाङले पनि आपत्ति जनाउँदै प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनले पनि नाम परिवर्तनको विषय गम्भीर भएको र यसले स्थानीयवासीको भावनामा ठेस पुगेको बताए । उनले कसैले बजेट दियो भन्दैमा नाम र पहिचान नै समाप्त हुने किसिमले कार्य नगर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

उर्लावारीका खेलकुद तथा सामाजिक गतिविधमा संलग्‍न रहँदै आएका युवा रुपेश तामाङले पनि मदन भण्डारीको नाम नबेच्न आग्रह गरे । उनले प्रदेश सरकारलाई नाम परिवर्तन गर्ने नीति तथा कार्यक्रम सच्चायउन माग गरेका छन् । उनले अस्पताल कुनै पार्टी र व्यक्ति विशेष नभएकाले प्रदेश सरकारको यो नीतिले सबैको गौरव र प्रतिष्ठा रहेको अस्पतालको नाम बदलेर कुनै राजनीतिक नामाकरण नगर्न आग्रह गर्दै प्रदेश सरकारको यो कदमप्रति भर्त्सना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मंगलबारे अस्पतलाको नाम परिवर्तनको विषयलाई लिएर ..." A few seconds ago

सम्बन्धित खवर