नश्लिय सरकारका नाइके र पूर्वाग्रही पत्रकार खाल्डोमा पस्ने दिन आउँछ; बस्नेत – Satabdi News

नश्लिय सरकारका नाइके र पूर्वाग्रही पत्रकार खाल्डोमा पस्ने दिन आउँछ; बस्नेत

जेठ २४, काठमाडौ । समाजवादी पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले नश्लिय सरकारका नाइके र पूर्वाग्रही पत्रकार खाल्डोमा पस्ने दिन नेपालमा पनि आउने बताएका छन् । शुक्रबार गोरखापत्रमा “संविधान संशोधनमा च्याँखे” शिर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर उनले उक्त कुरा बताएका हुन ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन गर्न बनेको गैर सरकारी विधेयक उक्त लेखमा भने जस्तो सरकारी संशोधन प्रस्तावको पक्षमा मतदानका लागि शर्त हो भन्ने प्रश्नमा बस्नेतले भने, पार्टीले निशान छापमा नक्शा परिवर्तन सम्बन्धि सरकारी प्रस्तावमा नि:शर्त मतदान गर्छ । देशको सार्वभौकिता र अखण्डतासंग जोडिएको विषयमा कुनै सम्झौता हुन सक्दैन, उनले भने ।
त्यसो भए यति नै बेला तपाईहरुले किन संविधान संशोधनको प्रस्ताव दर्ता गराएको त आखिर सरकारी प्रस्ताव जस्तो तपाईहरुको संविधान संशोधन प्रस्ताव त्यति महत्वपूर्ण त हैननी भन्ने प्रश्नमा उनले भने, पार्टीले संविधानको प्रारम्भिक मस्यौदा तयार भएदेखि नै आफ्ना असहमति जनाउँदै सडक र सदनमा संंघर्ष र आन्दोलन गर्दै आएको सबैलाई सर्बविदितै छ । सरकारले आन्दोलनको चरम दमन र संविधान संशोधन गर्ने आफैले गरेको सहमतिको निकृष्ट मजाक गरिसकेको छ । हामीले दर्ता गराएको प्रस्तावमा निकै लामो आन्दोलन, निकै ठूलो त्याग र बलिदानको पृष्ठभूमि छ । संविधान संशोधनसंग जोडिएको प्रतिपक्षीहरुको प्रस्तावलाई सस्तो र सरकारी प्रस्ताव महँगो बनाउने घातक काम कसैले गर्नुहुदैन, उनले भने ।

केन्द्रीय सदस्य पुर्ण बस्नेत

उक्त लेखमा भनिए जस्तै नेपाली भूमिसंग तपाईँहरुले राजनीतिक सौदावाजी गर्न चाहेको हो ? भन्ने प्रश्नमा बस्नेतले भने, यो प्रश्न सुन्दा के लाग्छ भने अब सबैले अमेरिकाको पछिल्लो घटनाबाट पाठ सिक्ने बेला आइसकेको छ । अमेरिकाको राष्ट्रपति सुरुङभित्र पस्नुपर्ने स्थिति आउला भन्ने परिकल्पना सायद कुनै माइकालालले गरेको थिएन होला । आखिर त्यो दिन आयो । नेपालमा सुरुङ तयार गर्न त बषौ लाग्छ । जनताको माग र अधिकारमथि यस्तै मजाक र खेलवाड गर्दै जाने हो भने नेपालमा पनि एकदिन नश्लिय सरकारका नाइके र यस्ता पूर्वाग्रही पत्रकार खाल्डोमा पस्ने दिन आउने कुरा शताब्दी न्युजलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नश्लिय सरकारका नाइके र पूर्वाग्रही पत्रकार खाल्..." A few seconds ago

सम्बन्धित खवर