सामाजिक न्यायको एक्यवद्धतामा मानवशास्त्र दर्शनाचार्यका (एम.फिल.) बिद्यार्थीहरु – Satabdi News

सामाजिक न्यायको एक्यवद्धतामा मानवशास्त्र दर्शनाचार्यका (एम.फिल.) बिद्यार्थीहरु

जेठ २३, काठमाडौ । पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँको भेरीतटमा भएको क्रुर, अमानबीय, पाशविक र आततायी घटनालाई नेपाली समाजको जातिवादी संक्रीणताकोे पराकाष्ठा रुप भनेका छन ।

एक्यवद्धतामा विद्यार्थीहरुले भनेका छ्न समस्या दलित समुदायमा होइन दलित समुदाय प्रति हेर्ने दृष्टिकोणमा छ । उक्त घटनाको सम्बन्धमा गैरदलित समुदाय, प्राज्ञिक केन्द्रहरु र बौद्धिक जमातको मौनताले भविष्यमा सभ्य समाजको निर्माणको सवालमा धेरै मुल्य चुकाउन पर्ने देखिन्छ । एक पटक सोचौ त, सदियौदेखि दलितका कस्ता क्रियाकलापहरु गैरदलितका बिकास र खुशीका बाधक भए ? दलितमाथि सधै अन्याय र दमन किन कायम छ ? जातीय विभेदका विरुद्धमा हाम्रा परिवार भित्र कत्तिको बहस चलायौ ? जातीय विभेद र दलन, मानव सभ्यताको कलंक र कालो धब्बा हो भन्ने कुरा हामीले कति बहसमा ल्यायौ ? आजसम्म हाम्रा बहस र जागरण परिवर्तनका हिमायती किन हुन् सकेनन् ?

हाम्रा कानुनका मानकहरुको परिपालन गर्ने सन्दर्भमा सरकार किन सधै चुकिरहेको छ ? यस्ता घटनाको निरन्तर साक्षी भई रहदा के तपाइलाई पिरोलेको छैन ? यदि छ भने सतही र खोक्रा सहानुभूतिका शब्दहरु मात्र किन अर्पण गर्नुहुन्छ ? न्याय र समानताको लागि अब पनि नबोल्ने ? नलड्ने ? भनी प्रश्न त्रिभुवन बिश्वविद्यालय मानवशास्त्र एम.फिलका विद्यार्थीहरुले एक्यवद्धतामा गरेका छ्न ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सामाजिक न्यायको एक्यवद्धतामा मानवशास्त्र दर्शना..." A few seconds ago

सम्बन्धित खवर