कविता – Satabdi News

कविता <हुरीको गोठालो>

बिमन किराती

संसार हुरीले छोप्ने खबर सुने पछि
कुनै दुर दराजको गाऊले
गाऊँ मुखियालाई हुरीको
यती गति र लय गोठाला गर्न सुझाए छन्।

मुखियाले ऐजन मौका खुट्याएर
आफू वरिपरी चकरमार्ने चाकडहरू सँग
कचरी बसेछन्।
तत्पश्चात:
हुरी चुर्ण गर्ने अचुक उपाय निकालेको हवला दिदै
गॉऊलाई अन्धकार घोषणा गरेछ।
गॉऊ अन्धकार घोषणा पछि
सबै कुरा ठप्प हुन
अन्धकार काफि भयो।
तर भएन
हुरी गाऊँ छिर्न ठप्प।

….यस बिचमा
मुखियाको रोचक स्याल हुईईया
झनै बढ्दै गयो।….

हुरी गाऊँ छिरिरहेको

अन्धकार झनझन कष्टकर भएको बुझेर
हुरीले जुनकुनै बेला जो कसैको जिन्दगी उपर
हमला गर्न आउने ठानी।
आफूमाथि नै पनि हाहाकारको चट्याङ
बज्रन सक्ने
हुरी शास्त्रको सम्भावना देखि।

गाऊलेहरू संङ्का र विस्मय
ओकली रहेछन्।
हुरी आउने योग

दरिद्र मस्तिष्क भएका
बृद्द बालक गाऊँ मुखिया हुने संयोग
थुक्क !!दुर्भाग्य।

(किराती; हाल जापानमा रहनु हुन्छ ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
">
You have reacted on "कविता <हुरीको गोठालो>" A few seconds ago

सम्बन्धित खवर