जातिय अंहकारले निम्ताएको नबराज बि.कको हत्यारालाई सजायको माग:- रामचन्द्र राई – Satabdi News

जातिय अंहकारले निम्ताएको नबराज बि.कको हत्यारालाई सजायको माग:- रामचन्द्र राई

जेठ १९, बेलबारी । जेष्ठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी सुष्मा मल्ल ठकुरी र जाजारकोट जिल्ला भेरी नगरपालिका २१ बर्षिय नवराज वि.क बिचको अन्तरजातीय प्रेम सम्बन्ध पछि विवाहलाई लिएर ज्यान गएको घटनामाथि किरात राई विद्यार्थी संघ केन्द्रीय समितीले खेदप्रकट गरेको छ  ।

बिज्ञप्तिमा उच्च जातीय मनोविज्ञान र अहंकारबादले दलितको छोरोले उच्च जातकी केटिसंग प्रेम सम्बन्ध र विवाह सम्बन्ध स्थापित गर्ने भएकै कारण नवराज विक सहित ५ जना मारिनु र १ जना अझै सम्म वेपत्ता पारिनुले नेपाली समाज र संस्कृतिको चेतना माथि गम्भीर प्रश्न खडा गरेको बताएको छ । हिन्दु वर्णाश्रमले सृजना गरेको तथा कथित ठुलो जात, सानो जातको ब्यबस्था र विभेदकै कारण नवराज विक सहित उनका साथीहरु अकालमा मारिनुले जातीय विभेद, अमानविय, क्रुर र हिंसात्मक घटना भएको पुष्टि गरेका छ्न ।

यस घटनाको सत्य तथ्य जाचबुझ गरि बास्तबिकता पत्ता लगाई सामाजिक अपराध सहितको जघन्य अपराध भएको हुदा अपराधमा संलग्न दोषीहरुलाई कानुन बमोजिम हदै सम्मको सजाय दिई पिडितहरुलाई न्याय दिलाउन नेपाल सरकार समक्ष हाम्रो जोडदार माग गरेका छन । घटनामा मृत्यु भएका नवराज विक, गणेश बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र संजु विक प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्दछौ साथै उहाहरुको परिवारजनमा गहिरो समबेदना प्रकट गर्दै वेपत्ता गोबिन्द शाहीको खोजि कार्य तिब्र रुपमा अघि बढाउन र मृतकका परिवारजनलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत नेपाल सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन किरात राई विद्यार्थी संघको केन्द्रीय अध्यक्ष रामचन्द्र राईले बिज्ञप्ति मार्फत ध्यानाकर्षण गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जातिय अंहकारले निम्ताएको नबराज बि.कको हत्याराला..." A few seconds ago

सम्बन्धित खवर