लकडाउनको कारण बेलबारीका लिच्ची कृषक मर्कामा ( फोटो फिचर ) – Satabdi News

लकडाउनको कारण बेलबारीका लिच्ची कृषक मर्कामा ( फोटो फिचर )

जेठ १६, बेलबारी । बेलबारी नगरपालिका वडा नं ४ स्थित हिमाली चौकको लिच्ची बगानका कृषक मारमा परेका छ्न । १० कट्ठा जग्गामा ५२ वटा लिच्चीको बोट रहेका कृषक लिच्चीको उचित मुल्य नपाए पछि यतिखेर चिन्तित रहेका छन । अघिल्लो बर्ष १० कट्ठाबाट लिच्चिको मुल्य १ लाख भन्दा बढी मुल्य कमाएको थिए । तर यस बर्ष लकडाउनको असरले गर्दा १० हजार मात्र सम्म बेचेको कृषक गोपाल बि.कले शताब्दी न्युजलाई बताए ।

बिराटनगर, दुहबी आदि ठाउँहरुबाट खरिद गर्न आउने ब्यापारीहरु लकडाउनको कारण आउन नसकेकोले उचित मुल्य नपाएको बताए । ब्यापारीहरुले प्रत्येक बोटको लिच्चिको फलअनुसार २५ सय, ३ हजार मुल्य पाउने कृषक यसपाली भने उचित बजार नपाएर चिन्तित भएका छ्न ।

https://www.youtube.com/watch?v=ZT6ax8nmqrQ&t=116s

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लकडाउनको कारण बेलबारीका लिच्ची कृषक मर्कामा ( फ..." A few seconds ago

सम्बन्धित खवर