रुकुम घटनाको निशुल्क कानुनी सेवा अधिवक्ता आरसी गौतमले गर्ने – Satabdi News

रुकुम घटनाको निशुल्क कानुनी सेवा अधिवक्ता आरसी गौतमले गर्ने

अधिवक्ता आरसी गौतम

जेठ १६, काठमाडौ । प्रजातान्त्रिक वकिलहरुकाे संस्था नेपाली डेमोक्रेटिक लयर्स एशाेसियन (डिएलए) नेपालले गएको जेठ १० गते रुकुमको चाैरजहारीमा घटेको घटनाको निशुल्क कानुनी सहायता प्रदान गर्न अधिवक्ता आरसि गाैतमलाई जिम्मेवारी ताेकेकाे छ ।

५ जनाकाे निधन र एकजना बेपत्ता हुने गरि केही ब्यक्ति बाट भएको अत्यन्तै कुर, अमानवीय घटनाको छानबिन तथा दाेषीलाई कार्वाही र पिडितलाई न्याय दिनकाे लागि निशुल्क कानुनी सेवा प्रदान गर्न डिएलए नेपालले गाैतमलाई जिम्मेवारी ताेकेकाे हाे ।

रुकुम निवासी गाैतम डिएलए रुकुमका अध्यक्ष पनि हुन । पिडित पक्षको तर्फबाट गाैतमले निशुल्क बहस गर्ने छन । केन्द्रले दिएको जिम्मेवारी आफुले पुरा गर्ने अधिवक्ता गाैतमले शताब्दी न्युजलाई बताए । गौतमलाई महासचिव लक्ष्मीदेवी दाहाल रावतले जिम्मेवारी ताेकिएकाे पत्र शुक्रबार नै प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रुकुम घटनाको निशुल्क कानुनी सेवा अधिवक्ता आरसी ..." A few seconds ago

सम्बन्धित खवर