बेलबारीको लोहोन्द्रा खोलाको उत्खनन रोकिएसंगै वार्ताको तयारी – Satabdi News

बेलबारीको लोहोन्द्रा खोलाको उत्खनन रोकिएसंगै वार्ताको तयारी

जेठ १४, बेलबारी । स्थानियको चौतर्फी विरोध र संञ्चार माध्यममा आएको खबरदारीले हिजो मंगलबार देखि दोहन कार्य रोकिएको छ । महेन्द राजमार्गदेखि ५ कि मि उतरमा अवस्थित बेलबारी वडा नं १ नक्सलबारीे पुर्व तर्फ घना जङगल र पश्चिम तर्फ रहेको बिहानी टोल लोहोन्दा खोलाको गिटी बालुवा अधिक मात्रमा भएको दोहन रोकिएको छ । उत्खनन् मापदण्ड नियम विपरित भईरहेको दोहन कार्यलाई रोक्न स्थानिय युवाहरुको अग्रसरतामा जेठ ११ गते विरोध र संघर्ष संमिति समितिको तर्फबाट नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

स्थलगत रिपोटिङ क्रममा देखिएको तस्विर

उत्खनन् कार्य रोक्नको लागि बनेको संघर्ष संमितिका संयोजक निलम मगरले, “अहिले बनेको संघर्ष समिति भनेको बर्तमान र भविष्य दुवै दीर्घकालीन समयमा आईपर्ने प्राकृतिक विपतलाई न्युनिकरण गर्ने उद्वेश्य हो । अहिले उत्खनन् भईरहेको कार्यले स्थानीय गाउलाई खतारा पारेको, कुनै तटबन्धन नगरिएको, गिट्टी बालुवा उत्खनन गर्न तोकिएको मापदण्ड बिपरित कार्य गरिएको र प्रकृतिलाई असर पुग्ने गरि अधिक दोहन गरिएको कार्य प्रतिको हाम्रो विरोध हो । हामीले संंघर्ष समितिको तर्फबाट नगरपालिकालाई विभिन्न मागहरु सहित ज्ञापनपत्र बुझाएका छौ । बुझाएको माग पत्रको सम्बोधन कुनै वार्ताद्वारा गरिएन भने कडा आन्दोलनका साथ अघि बढने कुरा शताब्दी न्युजलाई बताए ।”

अनुगमन टोलीको रुपमा खटिएका बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहका अनुसार, उत्खनन रोक्नका लागि दिएको निवेदनको आधारमा २४ घण्टा भित्र स्थलगत निरिक्षण गरेका थियौं । स्थलगत निरिक्षणमा मापदण्ड बिपरित ३ फिट खन्ने ठाउँमा १ फिट पनि नखनेको र ३ फिट मात्र खन्ने ठाउँमा बढी खनिएको हुनाले उत्खनन कार्यलाई रोकेको र अहिले कुनै पनि ट्रीपर चलाउन नदिएको बताए ।

त्यस्तै नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले मापदण्ड बिपरित उत्खनन गरेको सयपत्री मल्टीप्रपोसलाई दोहनको कार्यलाई तत्काल बन्द गराएको बताए । मापदण्ड बिपरित गरेको सयपत्री मल्टीप्रपोसलाई कस्तो किसिमको कानुनी कारवाही दिने भन्ने कुनै निर्णय नभएको बताए । अहिलेको अबस्थामा गहिरो खनिएको ठाउमा स्थानीयकै रोहवरमा खाल्डो पुर्न लगाउने काम हुने बताए र यथाशीघ्र संर्घष समितीले ध्यानाकर्षण गराएको सन्दर्भमा वाताद्दारा समस्या समाधान गर्ने कुरा नगरप्रमुख ज्ञानेन्द्र सुबेदीले शताब्दी न्युजलाई बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीको लोहोन्द्रा खोलाको उत्खनन रोकिएसंगै वा..." A few seconds ago

सम्बन्धित खवर