आजबाट पथरी बजार पुर्ण रुपमा बन्द – Satabdi News

आजबाट पथरी बजार पुर्ण रुपमा बन्द

जैष्ठ ०७, पथरी । पथरी शनिश्चरे नगरपालिकाले पथरी बजार पुर्ण रुपमा बन्द गर्ने निर्देशन दिएको छ ।

हिजो मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले नगर भित्र संक्रमणको जोखिम बढन सक्ने भन्दै लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो । सुनसरीको पश्चिम कुशाहाम ारहेको कार्यक्षेत्रमै संक्रमण देखिएपछि थप सजकता अपनाएको हो । उनी पथरी नगरपालिका वडा नं १० का स्थाई बासिन्दा हुन ।

कोरोना संक्रमित हुनसक्ने आशंकामा रहेका कुनै व्यक्तिलाई क्वारेन्टिनमा पुर्याउनु अघिको तात्कालिन अवस्थामा सुरक्षित स्थलमा राख्ने व्यवस्था समेत गरको नगर प्रमुख दिलीपकुमार राईले बताउनु भएको छ ।

बैठकले,नगर र वडामा भएका सम्झौताका योजनाहरुलाई पनि सम्पन्न गर्ने अवधि असार १५ गतेसम्म तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आजबाट पथरी बजार पुर्ण रुपमा बन्द" A few seconds ago

सम्बन्धित खवर