नेपालमा कोरोना संक्रमित थप ९ जना, संक्रमितको संख्या ३०४ पुग्यो – Satabdi News

नेपालमा कोरोना संक्रमित थप ९ जना, संक्रमितको संख्या ३०४ पुग्यो

जेष्ठ ०५, काठमाडौं । सोमबार नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित भेटिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका २१, २१, २३, २५, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । यससँगै संक्रमितको संख्या ३०४ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा कोरोना संक्रमित थप ९ जना, संक्रमितको सं..." A few seconds ago

सम्बन्धित खवर